यास (YAAS) नाम गरिएको चक्रवातको आंशिक प्रभाव, भारी वर्षा
- गाउँ सहर संवाददाता
- १३ जेठ बिहीबार, २०७८ | ०४:४३:०० मा प्रकाशित

काठमाडाैँ । हाल देशमा बंगालको खाडीमा रहेको यास (YAAS) नाम गरिएको चक्रवातको आंशिक प्रभाव रहेको छ । हाल प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहेको छ । साथै प्रदेश १, प्रदेश २ बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भैरहेको छ ।
आज २०७८ जेठ १३ गते (बिहीबार) जल तथा माैसम विज्ञान विभाग माैसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर सामान्य देखि पूर्णतया बदली रहने छ । प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केहि स्थानहरूमा र बाँकी प्रदेशका एक वा दुइ स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
प्रदेश १, प्रदेश २, लुम्बिनी, गण्डकी तथा बागमती प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । देशका हिमाली/ उच्च पहाडी भूभागमा हल्का देखि मध्यम हिमपात/वर्षाको सम्भावना रहेको छ ।
यस्तै राती देशभर सामान्य देखि पूर्णतया बदली रहने छ । प्रदेश १, प्रदेश २, बागमती तथा गण्डकी प्रदेशका अधिकांश स्थानहरूमा तथा बाँकी प्रदेशहरुका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
प्रदेश १, प्रदेश २, बागमती, तथा गण्डकी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ । गण्डकी, बागमती र प्रदेश १ का हिमाली/ उच्च पहाडी भूभागका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम हिमपात/वर्षाको सम्भावना रहेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस