गाउँ सहर
पिएचडी गर्ने नेपाली पहिलो महिला एवम् लेखिका बानिरा गीरीकाे निधन
- गाउँ सहर संवाददाता
- १० जेठ सोमबार, २०७८ | ११:५५:०० मा प्रकाशित
काठमाडौं । कवि एवम् लेखिका डा. बानिरा गिरीको निधन भएकाे छ ।
हृदयाघातका कारण सिभिल अस्पतालमा उपचार क्रममा ७५ वर्षको उमेरमा आइतबार राति उनकाे निधन भएकाे हाे ।
तीन वर्षदेखि अल्जाइमर्सले पीडित उनलाई तीन साताअघि काेराेना संक्रमण पनि देखिएकाे थियाे ।
विद्यावारिधि गर्ने पहिलो महिलाका रुपमा परिचित गिरीले कवि गोपालप्रसाद रिमालमाथि शोध गरेवापत त्रिभूवन विश्वविद्यालयबाटै पिएचडीको उपाधि प्राप्त गरेकी थिइन् ।
उनको पहिलो कविता संग्रह ‘एउटा एउटा ज्यूँदो जंगबहादुर’ कविता संग्रह ‘जीवन थाय् मरु’ उपन्यास ‘कारागार’ लगायत छन् भने दर्जनाैं लेखहरू प्रकाशित छन् ।
उनको अर्को उपन्यास ‘शब्दातीत शान्तनु’ले २०५६ सालमा साझा पुरस्कार पाएको थियो । डा. गिरिका श्रीमान्, एक छोरा र एक छोरी छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एनपीएलको विजेतालाई १ करोड ५० लाख
- दसैँमा उपत्यकामा ९७ करोडको खसीबोका र च्याङ्ग्रा कारोबार
- बडादसैँको अन्तिम दिन: देवी महालक्ष्मीको पूजा आराधना गरिँदै
- आगामी पाँच दिन देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
प्रतिकृया दिनुहोस