खाेप ल्याएर काेराेना जित्नु कता हाे कता, 'चटकेहरू' तपाईंसँग भाेट माग्न आउँदैछन्
[अस्थिर राजनीतिकाे घुम्रपातमा नेपाल}
- गाउँ सहर डेस्क
- ८ जेठ शनिबार, २०७८ | ०४:१०:०० मा प्रकाशित

काठमाडाैँ । साँच्चै सनकले चल्याे नेपालकाे सरकार । पदकै पछि गरेका रहेछन् राजनीति, यहाँ त समाजसेवाकाे ढाेंगमात्र भरिएकाे रहेछ । याे जनताकाे भ्वाइस हाे ।
पछिल्ला नेपाली राजनीतिक पृष्ठभूमिका दृश्यहरू याे शब्दलाइ प्रामाणित गर्न काफी छन् ।
काेराेना कहरमा पनि अनियमितता, अस्तव्यस्तता र किचलाे राजनीतिकाे शिकारले काेराेनाले अक्रान्त नेपाली समाजकाे भविश्य र नेपाली जनताकाे जनजीविका उठ्नै नसक्नेगरी थिलिएकाे छ ।
स्थिर सरकारको लेप लगाइएपनि अस्थिर गतिविधिले मात दिँदा वर्तमान सरकारले कुरा बढी गर्न भ्यायो विपरित काम शुन्य अर्थात अत्यन्तै कम । हुँदा हुँदा अहिलेसम्म आइपुग्दा के के, के के भनिसाध्य छैन ।
प्रधानमन्त्रीको दौड छ, कोरोना हातहातमा छ । रैपनि नेपाली राजनीति साम्य छैन । सबै आआफ्नै लहडमा निस्किएका छन् । कोहिभन्दा कोहि कम छैनन् । रातारात सुतेका छैनन्, पदकाे लागि । जान्छ कि आउँछ टुंगाे छैन, बेलामा खाइहालाैँकाे शैली छ । शिकारीहरू शिकार गरिरहेकै छन् ।
अब त प्रष्ट भयो होला नि हैन नेपाली जनता ! कि अझै सरकारले गर्छ भन्ने सोच्नुभाको छ । यदि सोच्नुभएको भए तपाईं सरासर गलत । सरकारले केहि गर्दैन, गर्ने आफैँले हो । कसैबाट केहि आशा गर्नु हाम्रो आशामात्र थियो, जुन पूरा हुने नै थिएन ।
संक्रमितहरू अस्पताल र घरकाे ओछ्यानमा छट्पटाइरहेकाे याे विषम अवस्थामा यीनकाे नाटक हेरेर बस्नुपरेकाे छ । तर नविर्स, जनताले तिम्राे श्राद्ध गरेर बसेका छन्, दिनकाे इन्तजारमा छन् ।
तर शनिबार बिहानसम्मकाे नेपाली राजनीतिक चटक व्याख्यागरी साध्ये छैन । पूर्ण राजनीतिकहरूत नसुत्ने नै भए अन्यलाई पनि सुत्न दिएनन् । अस्पतालमा विरामी कुर्नेले तिनलाई अगाडि भेट्दा के गर्थे हाेला ? ध्वस्त जनजीविका भएकाे विषम अवस्थामा राजनीतिक नाटककाे उच्च रूपले उसैपनि बढाइरहेकाे थियाे ।
शुक्रवार मध्यरातमा मन्त्रिपरिषदकाे सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्को तल्लो सदन प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचनको मिति तोकेकी छन् ।
राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा भनिएको छ, "नेपालको संविधानको धारा ७६ को उपधारा (७) बमोजिम ... नेपाल सरकार, मन्त्रिपरिषद्बाट मिति २०७८/२/८ मा निर्णय भई सोही बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूबाट सिफारिस भएकोले उक्त सिफारिस बमोजिम वर्तमान प्रतिनिधि सभा विघटन गरी अर्को प्रतिनिधि सभाको पहिलो चरणको निर्वाचन संवत् २०७८ साल कार्तिक २६ गते शुक्रवार र दोस्रो चरणको निर्वाचन संवत् २०७८ साल मङ्सिर ३ गते शुक्रवार सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोक्नु भएको छ ।"
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्को शुक्रवार राति बसेको आकस्मिक बैठकले प्रतिनिधि सभा विघटन र निर्वाचन गर्न सिफारिस गरेको थियाे । मन्त्रिपरिषद्को बैठक राष्ट्रपति भण्डारीले ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा दुवैको प्रधानमन्त्री पदका लागि गरिएको दाबीमा बहुमत पुग्ने आधार नदेखिने भनी खारेज गरेपछि बसेको थियाे ।
ओली सरकारले प्रतिनिधिसभा विघटनको सिफारिस गरेको यो दोस्रो पटक हो । यसअघि सर्वोच्च अदालतले विघटनको सिफारिसलाई असंवैधानिक घोषणा गरेको थियो ।
२०७८ साल कार्तिक २६ गते शुक्रवार र दोस्रो चरणको निर्वाचन संवत् २०७८ साल मङ्सिर ३ गते शुक्रवार सम्पन्न गर्ने गरी निर्वाचनको मिति ताेकिएपछि देश निर्वाचनमा त हाेमिएकाे हाेला तर अवस्था त्याे थियाे कि खाेप र सहजता ? तर के गर्ने यिनले आफ्नै दूनाे साेझ्याए ।
यस्ताे महामारीमा निर्वाचनमा जनता जाने र भाेट हाल्ने, भेला हुनसक्ने अवस्था छ ? याे शासकले बुझेनन् । उनीहरूकाे अवस्थाकाे बारेमा तहमा के खबर छ ? कसरी हिसाव गर्दैछन् जनता ? याेसम्म पनि नसाेची नेपाली राजनीति बटारिनु के राम्राे संकेत हाे ? काेहिपनि महामारीमा केन्द्रित नभएकाे स्पष्ट भएन ? यसबाट सरकारकाे शैलीमा लागेकाे आराेप पुष्टी भएकाे छ ।
पछिल्लाे राजनीतिक घटनाक्रमले काेराेना देशमा छँदैछैन भन्ने भान गरायाे तर साेहिदिन १७७ जनाले ज्यान गुमाए, आठाैँ हजार बढी नयाँ संक्रमित थपिए । खाेप र अत्यावश्यक सामग्री नभएर बेहाल भएकाे याे दुःखद घडीमा मल्हमपट्टी लगाउन न सरकारले टार्न सक्याे न विपक्षीले नै । रैपनि जनतालाई सरकारबाट काेच्याइएकाे छ अर्काे मध्यावधि चुनाव ।
राजनीतिक घटनाक्रमका बारेमा विभिन्न दल, कानूनविद्, सराेकारवालाहरूकाे समर्थन कम र विराेधका स्वर बढी घन्किएका छन् । तर वर्तमान सरकारपनि नियमानुसार नै गएकाे र जनताकाे म्यान्डेड लिनुपर्ने कुरामा कमी नगर्ने बताइरहँदा अबका दिन चुनावमय हुँदैगर्दा स्वास्थ्यकाे अवस्था कति बिग्रनसक्छ अनुमानभन्दा बाहिर छ । किनकी याे समयमा त एक सिलिण्डर अक्सिजनकाे हाहाकार छ, मान्नुस् संक्रमणकाे गति उचाे भएमा के हाेला ? तर उनलाई कुनै पिर छैन, बाेले भइहाल्याे ।
जनतासँग विकल्प पनि रहेन, निर्वाचनमा जानै पर्ला । तर अहिले नै सुनिश्चित गर्नुहाेस्ः खाेप, अस्पताल, सुरक्षा, भैपरी र अन्य । याे बिकेकाे हाेइन, धरातल हाे । जनताले अहिलेसम्म केही पाएनन्, नेता र केहितन्त्रले मात्र पाएका छन् । नत्र जाेखिम माेलेर भाेट हाल्नैपर्ने वाध्यता अधिकारमा छैन, राइट टू रिजेक्ट हामीसँगै छ, जतिबेलै उपभाेग गर्न पाइन्छ । काम नगर्नेलाई नेता अघिल्ला दिनमा बनाएपनि अब नबनाउँ नत्र अहिलेकै परिणाम पुनः ५० वर्षसम्म आइरहन्छ । अनि हामी यस्तै चटक पुस्ताैँसम्म देखाइरहने छाैँ ।

गाउँ सहर डेस्क
डेस्क गाउँ सहर डटकम टीमकाे टेवलवर्क हाे ।
- दशैँ : कुन दिन कसकाे पूजा गरिन्छ, टीका कता फर्किएर लगाउने ?
- सहज जीवन चाहनुहुन्छ? यी कुरा ध्यान दिनुहोस्
- बालबालिकालाई के सिकाउने, के नसिकाउने
- खासमा तीज के हो, किन मनाइन्छ ? कसरी सुरु गरियो ? यससँग जोडिएको अर्थ र वास्तविकता
- किन पूजिन्छ श्रीकृष्ण, उनको जीवनबाट मानवजातीले के सिक्ने ?
- के जीवन यति जटिल हुनुपर्ने हो? कसरी सहज बनाउने ?
- शैक्षिक क्षेत्रमा 'उत्कृष्ट नतिजा' नै विद्यार्थीले रिलायन्स कलेज छान्नुकाे अब्बल आधार
- असार १५ मा रोपाइँमा सरिक नहुनेले पनि दही चिउरा खानैपर्ने हाे र ? दही चिउरा नै किन खाने ?
- हप्ताको एउटै दिनले कसरी व्यक्तिगत र सामाजिक रूपान्तरण सम्भव छ?
- गर्मीमा शरीरलाई शितल राख्न के-के खाने ?
प्राप्त प्रतिक्रिया
Bhata le hanera hat ra khutta vachidinu parchha
Note like before one bottle rakxi and one vote this time one bottle oxygen cylinder and neta thok
प्रतिकृया दिनुहोस