कलाकार हुसेन भन्छन् : टाेपी जस्तै सबैको सोच र विचार अग्लियोस्
- गाउँ सहर संवाददाता
- १७ पौष आइतबार, २०७९ | ११:५३:०० मा प्रकाशित

काठमाडौं । अभिनेता नाजिर हुसेनले हरेक नेपालीको शिरमा सगरमाथा झैँ अटल, अग्लो र विशाल भएर बस्ने ढाका टोपी जस्तै सबैको सोच र विचार अग्लियोस् भन्दै नेपाली टोपी दिवसको शुभकामना दिएका छन् ।
शुभकामनासँगै कलाकार हुसनेले नागरिकतामा लेखिएको आफ्नो नाम देख्ने बित्तिकै विभिन्न अनावश्यक प्रश्नहरूको सामना गर्नुपरेको दुखेसो पनि गरेका छन् ।
उनले आफ्नो वंशजको नागरिकतामा मोहमद नाजिर हुसेन नाम पढेर कतिपयले नेपाली मुस्लिम कि इन्डियन मुस्लिम, हिन्दू कि मुसलमान ? जस्ता प्रश्नको सामना गर्नुपरेको गुनासो हुसेनको छ ।
उनले फेसबुकमा लेखेका छन्-
मेरो वंशज नागरिकता वा मेरो पासपोर्टमा लेखिएको मोहमद नाजिर हुसेन नाम पढेर मैले प्राय नखोज्दा पनि भेटिरहने प्रश्नहरु
तपाई इन्डिएन मुस्लिम कि नेपाली मुस्लिम?
तपाई हिन्दू कि मुसलमान ?
ओहो, तपाई त तराईबाट आएको भएपनि
नेपाली त स्पष्ट बोल्नु हुँदो रैछ !
फ्याट्ट उत्तर दिन मन लाग्छ
हम्राके भोजपुरीयो निमनसे बोलेके लुर बा ।
मान्छे बन्न खोज्दैछु
मान्छे बन्न दिनुस ।
सुन्नुस्
म पनि यही माटोको हो
मेरो शरीरमा पनि रगत नै हो बग्ने
देशको कुरा आउँदा तपाईँलाई जति दुख्छ मलाई पनि तेतिनै दुख्छ
तपाईँलाई जति खुसी लाग्छ मलाई पनि तेतिनै खुसी लाग्छ ।
हरेक नेपालीको शिरमा सगरमाथा झैँ अटल, अग्लो र विशाल भएर बस्ने
हाम्रो ढाका टोपी जस्तै
सबैको सोच र विचार अग्लियोस् !
ढाका टोपी ( नेपाली टोपी ) दिवसको सबैमा शुभकामना

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- देशकाे माैसम आज कस्ताे छ ?
- नवरात्रको आठौँ दिन, महागौरीको पूजा गरिँदै
- नियन्त्रणमा आयो भीमसेनस्थानमा लागेको आगो
- कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
- आज फूलपाती : प्रचलन र महत्वबारे कस्ता कथन छन् ?
- प्रत्येक नेपालीकाे टाउकाेमा ९४ हजार ६५ रुपैयाँ ऋणकाे भारी
- कोशी र बागमती प्रदेशमा भारी वर्षा हुने
- बडा दशैँको छैटौँ दिन, आज कात्यायनीदेवीको पूजा गरिँदै
- एसईई पूरक परीक्षा : ८३ हजार विद्यार्थी उत्तीर्ण
- दशैँ हिले हुने निश्चित : फूलपातीदेखि लगातार पानी पर्ने
प्रतिकृया दिनुहोस