कोरोनाभाइरसबाट २२५ जनाको मृत्यु, ५ हजार २२५ जनाले गरे स्वास्थ्य लाभ
- गाउँ सहर संवाददाता
- २८ बैशाख मंगलबार, २०७८ | १८:०२:०० मा प्रकाशित
काठमाडौँ । कोरोनाभाइरसका कारण नेपालमा पछिल्लो २४ घण्टामा २२५ जनाको मृत्यु भएको छ । योसहित कुल मृतकको संख्या ४ हजार ८४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पिसिआर जाँचबाट २० हजार ५९६ र एन्टिजेन विधिबाट ७२० को परीक्षण गर्दा ९ हजार ४८३ नयाँ संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा ५ हजार २२५ जना निको भएका छन् । मन्त्रालयका अनुसार निको हुनेको प्रतिशत ७५.५ रहेको छ ।
मन्त्रालयका अनुसार अहिले देशभरमा ९७ हजार ८ सक्रिय संक्रमित रहेका छन् । आज ४४८ जना क्वारेन्टाइनमा रहेको उसले बताएको छ । ८९ हजार ९१४ होम आइसोलेशनमा र ७ हजार ९४ संस्थागत आइसोलेशनमा रहेको मन्त्रालयले बताएको छ ।
मन्त्रालयका अनुसार काठमाडौँमा सक्रिय संक्रमित २९ हजार १४४, भक्तपुरमा ४ हजार ५१९ र ललितपरमा ६ हजार ५५९ रहेको छ ।
मन्त्रालयका अनुसार आजसम्म २६ लाख ७२ हजार ७२६ जनाको पिसिआर परीक्षण भइसकेको छ । जसमा सरकारीमा १६ लाख ४१ हजार २१२ र निजीमा १० लाख ३१ हजार ५१४ को परीक्षण भएको छ ।
मन्त्रालयका अनुसार देशभरका अस्पतालहरुमा १ हजार ८४ को आइसियूमा र २९० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । काठमाडौँका अस्पतालहरुमा मात्र १ हजार ७७४ जना आइसोलेशनमा, यस्तै १७६ जना आइसियूमा र ८७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
पछिल्लो समय कोरोना कहर बढ्दै जाँदा कोरोनाको चेन ब्रेक गर्न काठमाडौँलगायतका विभिन्न स्थानहरुमा निषेधाज्ञा जारी गरिएको छ ।
पछिल्लो २४ घण्टाको तथ्याँकले पनि २० वर्षदेखि २९, ३० देखि ३९ वर्ष, ४० देखि ४९ र ५० देखि ५९ वर्ष समूहमा सबैभन्दा बढी संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रीकाे याे भनाइ
कोरोनाभाइरस नियन्त्रणका लागि अहिले चालिएका कदम पर्याप्त नभएको स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले बताएका छन् । मङ्गलवार स्वास्थ्य मन्त्रालयले गरेको भर्चुअल बैठकमा बोल्दै मन्त्री त्रिपाठीले नयाँ कदम उठाउनुपर्ने आवश्यकता रहेको बताएका हुन् । चाहे त्यो हेल्थ इमरजेन्सी होस् वा लकडाउनमै जानुपर्ने अवस्था होस्, त्यो सरकारले सामूहिक रूपले सोचेर उठाउने छ, उनले भनेका छन् ।
याे कुरा बुझाैँः

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भोटेकोसी बाढीबाट मृत्यु हुनेको संख्या एक हजार नाघ्यो, ३९ सय १६ सम्पर्कविहीन
- राष्ट्रियसभाले पारित गर्यो विशेष प्रस्ताव
- करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित
- चीनतर्फका दुवै नाका बन्द
- भोटेकोशी बाढी प्रभावित क्षेत्रका नागरिकको पुनःस्थापनाका लागि सरकारद्वारा कार्यदल गठन
- विधानको गरिमा जोगाउन तदर्थ समितिको माग: मुद्रण महासङ्घभित्रको वैधानिक सङ्कट र निकासको बाटो
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
प्रतिकृया दिनुहोस