पूर्वाधार

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दिए राजीनामा

काठमाडाैं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् ।

उनीविरुद्ध प्रदेश सभामा दर्ता भएको अविश्वास प्रस्तावमा सोमबार मतदान हुने तय भएको थियो ।

अविश्वास प्रस्तावउपर भोलि मतदान हुने कार्यसूची थियाे तर उनले आजै प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष गुरुङले राजीनामा बुझाएका हुन् ।

आज नेकपा एमाले संसदीय दलको बैठक बसेको थियो ।

गाउँ सहर संवाददाता