गाउँ सहर

भ्याक्सिन प्रकरणबारे सरकारलाई विवेकशील साझाको ४ प्रश्न

काठमाडाैँ । कोरोना भाइरस विरुद्धको भारतीय खोप खरिद प्रक्रियामा अवरोध एवम् अन्य मुलुकमा उत्पादित खोप ल्याउन सरकारको अलमलबारे हालै सार्वजनिक समाचार विवरणहरूप्रति विवेकशील साझा पार्टीले गम्भीर चासो र चिन्ता व्यक्त गरेकाे छ।

विवेकशील साझा पार्टी खोप प्रकरणबारे हालसम्म सार्वजनिक समाचार र तथ्यहरूको समीक्षा पश्चात् आफ्नो अक्षमता, नालायकी, अकर्मण्यता र भ्रष्टता ढाकछोप गर्न आंशिक रूपमा दोषको भागीदार देखिएका व्यापारीहरूको थाप्लोमा सम्पूर्ण दोष थोपरेर सरकार आफू चाहिँ चोखिने प्रयत्न गरिरहेको निष्कर्षमा पुगेको विज्ञप्तिमा जनाएकाे छ।

गाउँ सहर संवाददाता