दृष्‍टिकोण

काेराेना कहरः सरकार बढी दाेषी, पछिल्ला लहरकाे लागि तयारी खै ? मुखमा रामराम बगलीमा छूरा

काठमाडौँ । कोरोना कहर नेपाल आउँदैन भन्थे यिनै शासकले तर आयो । यत्तिको नाश गर्यो । तयारी राख्नुपर्ने कुराहरूमा अल्छि गरियो अनि कोरोना नियन्त्रण भएन र सबैको हालत अहिले पतला छ ।

कोरोना बढ्नुमा दोष सबैको होला तर सरकारको बढी छ । किनकी कानून उही बनाउँछ अनि उसैले पालना गर्दैन । कर तिर्न भीडमा लगाउँछ । कार्यालयमा भीड उसैले गराउँछ । कोरोना खोप भीडमै हनाउँछ । नारा जुलुस, भोज उही गर्छ अनि जनताले टेरेनन् उही भन्दै आएको छ । अब भनौँ दोष कसको छ ?

मर्का परेका जनतामा राहतको कुरै छैन, अस्पताल प्याक छन् । स्वास्थ्यमा ठूलो बैमनी छ रैपनि उसकै कुरा ठूला छन् । सत्ताको खेलमा अझै मस्त छ वर्तमान सरकार ।

कोरोना यति सहजै अवतरण हुँदैन भनेर विश्वका राष्ट्र विभिन्न चरण पार गर्दै स्वास्थ्य पूर्वाधार र विपत्तीमा जोगिने उपाय बढाउनमा लागेका छन् भने हामी नेता चयन र फोहोरी राजनीतिको दुर्गन्धमा फसेका छौँ । यत्तिले पूगेन ? दोष कसको देखिन्छ ?

पहिलाे लकडाउन खुल्न नपाउँदै गाउँका शहरमा र शहरका गाउँमा शक्ति प्रदर्शनमा यीनै सरकार लागिपरे । उनै नेता अहिले लुकेर बसेका छन्, अनि उनैलाई सघन र भेन्टिलेटरकाे सुविधा प्राप्त छ तर जनता अक्सिजन नपाएर दिनकै दुइ डिजीटबाट माथि मृत्युकाे दरमा प्रवेश गरिसकेका छन् । अझै प्रमाण चाहिन्छ ? काेराेना फैल्याउने काे भनेर !

अहिले उनीहरूनै अर्थतन्त्रकाे अवस्था नाजूक छ भन्न पछि परेका छैनन् । कन्ट्याक्ट ट्रेसिङ्गकाे रकम माग्न थालेका छन् । निजी अस्पतालकाे मनाेमानी हुँदा कुनै एक्शन लिनबाट बञ्चित रहेका छन् । स्वास्थ्य मापदण्ड उनैले कुनै सेकेण्डपनि मानेका छैनन् । अनि भन्दैछन् जनताले अटेरी गरे रे ।

विभिन्न विपक्षी राजनीतिक दलपनि कम छैनन् भीड जम्मा गराएर संक्रमित पार्न । अझैपनि यिनकाे हत्ते थामिनसक्नु छ । जनता हामीपनि कमका छैनाैँ, विपत्त भीड गरेर धर्म कमाउनु पर्ने, भाेज गर्नुपर्ने, अनेक गर्नुपर्ने । नियम पालना गर्न अटेरीपनि गर्ने । प्रशासन छल्दै काम गर्ने । सरकारले टेर्दैन हामी किन टेर्ने पनि भन्ने ।

याे समयमा के बन्नुपर्थ्याे, हुनुपर्थ्याे सबैलाई थाहा थियाे र छ । तर एकतिहाइ पनि भएकाे छैन । भर्खरैमात्र खाेपमा कमिशनकाे कुरापनि सुनिनमा आएकाे छ । याे दुरावस्ताले छर्लङ्ग  पार्दैन ? कि अबपनि हनुमानेकै कुरा सुन्ने ? त्यसमै ताली बजाउने ? एक एक हिसाव माग्ने बेला भएन र ?

यो बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कुरा सुन्ने हो भने अत्यन्तै भयावह अवस्था त अब आउनै बाँकी छ अरे । कोरोनाबाट संक्रमित हुनेको संख्या र दैनिक मृतकको संख्या हेर्दा र आर्यघाटको अवस्था हेर्दा कहालीलाग्दो अहिल्यै भइसकेको छ । तर सरकार अहिलेपनि राजनीतिक नियुक्तिकै पछाडि लागेको छ ।

काेराेना कहिले सकिन्छ कसैकाे अनुमानभन्दा बाहिर छ । विश्वका मै हुँ भन्ने राष्ट्रमा चित्कार थामिएकाे छैन । प्रभावकारी खाेपकाे उपस्थिति छैन । जाे काेही शासक उदाएपनि काेराेना कहरमा केहि गर्नसक्ने अवस्था पनि छैन । हामी लकडाउन गर्याे भन्न सक्ने अवस्थामा पनि छैनाैँ किनकी विकल्प छैन विश्वसँग, हाम्राे त कुरै नगराैँ । यस्ताे विषम अवस्थामा काेराेना जित्ने याेजना अपरिहार्य छ । टुक्का र विभिन्न वेदले काेराेना जितिन्न । यसकाे लागि त अस्पताल र उपकरण अनि दक्ष मानव शक्तिकै आवश्यकता छ । याे महामारीमा सबैकुरा छाडाैँ र जन अनि धन बचाउने प्रयास गराैँ ।

कोरोनासँग लड्ने क्षमता विकास गरौँ । सीमामा कडाई गरौँ । औषाधि, उपकरणमा ध्यान दिउँ, संख्या बढाउँ । कालाेबजारी राेकाैँ । फजूल खर्च घटाउँ, सुविधा कटाैति गराैँ । महामारी काेषमा रकम जाेहाे गराैँ । चेकजाँच बढाउँ, जनतालाई सुविधाबाट बञ्चित नगरौँ । खान नपाउनेलाई खान दिउँ । गूमेकाे राेजगारी भर्न लागाैँ र मात्र कोरोनालाई हराउन नसकेपन भिड्नसक्ने बनाउँछ ।

यसकारण सरकार तिमी बढी दोषी छौ, तिमी सुध्रनु पर्छ र अवस्थालाई सहज बनाउनु पर्छ । नत्र सरकारको आवश्यकता र महत्वमाथि प्रश्नचिन्ह खडा हुनेछ । तिमीले गरेका गलत कार्यकाे हिसाव पछि खाेजिने नै छ, कम्तिमा अहिले सुध्र ।

गाउँ सहर डेस्क

तपाईँको मत