मलेसियाको श्रम नीतिले नेपालकाे राेजगारमा असर
- गाउँ सहर संवाददाता
- १२ बैशाख बुधबार, २०८१ | ०७:०७:०० मा प्रकाशित

काठमाडौं । नेपालीको श्रम गन्तव्य मुलुक मलेसियाले यही वैशाख ९ गतेदेखि औपचारिक क्षेत्रमा विदेशी श्रमिक नलिने निर्णय गरेको छ । केहीदिनपहिले आप्रवासी श्रमिकलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको मलेसियाको गृह मन्त्रालयले वैशाख ९ अथवा अप्रिल २१ तारिखदेखि पूर्ण रूपमा विदेशी श्रमिक नलिने निर्णय गरेको हो ।
मलेसिया सरकारले आफ्नो निर्णयबारे नेपाल सरकारलाई औपचारिक जानकारी नगराए पनि मलेसियाका आधिकारिक वक्तव्यमा विदेशी श्रमिक नलिने भनिसकेकाले यसको सिधा असर नेपालमा पर्ने देखिएको छ ।
मलेसियाका गृहमन्त्री सेरी सैफुद्दिन इस्माइलले आप्रवासी श्रमिकको आगमनलाई नियमन गर्ने सरकारको निर्णय भएकाले मार्च अप्रिल २१ तारिखपछि आप्रवासी श्रमिक नलिइने बताएका थिए । मार्च २१ पछि सधैँका लागि नलिने वा निश्चित समयपछि फेरि खुलाउने भन्ने विषयमा मलेसियन सरकार अहिलेसम्म बोलिसकेको छैन ।
नेपालसहित विभिन्न १५ वटा मुलुकबाट मलेसियाले श्रमिक लिने गरेकामा नेपाली श्रमिकको प्रमुख गन्तव्य मलेसियामा त्यहाँको सरकारले विदेशी श्रमिक रोक्ने निर्णयले नेपाललाई असर पर्ने देखिएको हो ।
मलेसियाको श्रम शक्ति करिब एक करोड ७० लाख छ भने त्यसमा नेपाली श्रमिकको सङ्ख्या करिब पाँच लाख रहेको तथ्याङ्कले देखाएको छ ।
सरकारी नीति अनुसार त्यसको १५ प्रतिशत अर्थात् २५ लाख ५० हजार आप्रवासी श्रमिकलाई अवसर दिइने छ तर अहिले नै २१ लाख ३० हजार ९३१ आप्रवासी मलेसियामा कार्यरत छन् । त्यसमध्ये पाँच लाखको हाराहारीमा नेपाली श्रमिक रहेका छन् ।
मलेसियामा पछिल्लो पटक धेरै रोजगारदाता कम्पनीले अतिरिक्त समय कामबापत (ओभरटाइम) को पारिश्रमिक नदिएका कारण आप्रवासी श्रमिकको आकर्षणसमेत घटिरहेको छ । कतिपय काम नपाएर अलपत्रसमेत परिरहेका छन् । गएको दुई आर्थिक वर्षमा नेपाली श्रमिकको पहिलो प्रमुख श्रम गन्तव्य देश मलेसियामा पछिल्लो पटक भने चौथोमा झरेको छ । वैदेशिक रोजगार विभागका अनुसार चालु आवको नौ महिनामा मलेसियाका लागि ७७ हजारले श्रम स्वीकृति लिएका छन् । २०७५ सालयता नेपालबाट शून्य लागतसहितको श्रम सम्झौता गरेपछि मलेसियाले नेपालीलाई प्राथमिकतामा राखेर लैजाने गरेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- मलेसियाविरूद्ध शानदार जितसँगै नेपाल फाइनल प्रवेश
- नेपालमा एमसीसीलाई निरन्तरता दिने अमेरिकी निर्णय, परियोजना सुचारु
- ५२ पदाधिकारीको नियुक्ति सदर, रिट बहुमतले खारेज
- एसियन कप छनोटः साम्बाको ह्याट्रिकमा श्रीलंकामाथि नेपालकाे गाेलकाे वर्षा
- नेप्से परिसूचक बढेर सत्ताइस सय नजिक, आज कमाउनेमा यी कम्पनी अघि
- राष्ट्रिय सभामा मन्त्रीहरूकाे जवाफ (Live)
- आज संवैधानिक नियुक्ति मुद्दाको फैसला हुँदै
- राष्ट्रियसभाको बैठक बस्दै, बजेट पारित गर्ने कार्यसूची
- एसियन कप छनोट: नेपाल र श्रीलंका खेल्दै
- सेयर बजारमा दोहोरो अंकले वृद्धि
प्रतिकृया दिनुहोस