देशभरका अस्पतालहरुमा ५७८ को आइसियूमा र १४२ जनाको भेन्टिलेटरमा उपचार हुँदै, काठमाडाैँमा सबैभन्दा बढी
- गाउँ सहर संवाददाता
- २० बैशाख सोमबार, २०७८ | १७:४९:०० मा प्रकाशित

काठमाडौँ । कोरोनाभाइरसका कारण नेपालमा पछिल्लो २४ घण्टामा ३७ जनाको मृत्यु भएको छ । योसहित कुल मृतकको संख्या ३ हजार ३६२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पिसिआर जाँचबाट ७ हजार २८८ नयाँ संक्रमित थपिएका छन् भने ६० जना एन्टिजेन विधिबाट पुष्टि भएका छन् । दुबै विधिबाट १७ हजार १७६ परीक्षण गरिएकोमा कुल ७ हजार ४४८ नयाँ संक्रमित थपिएका छन् । योसहित कुल संक्रमितको संख्या ३ लाख ४३ हजार ४१८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा २ हजार २१ जना निको भएका छन् । योसहित कुल डिस्चार्ज हुनेको संख्या २ लाख ८६ हजार १५ पुगेको छ ।
मन्त्रालयका अनुसार अहिले देशभरमा ५४ हजार ४१ सक्रिय संक्रमित रहेका छन् । आज २१२ जना क्वारेन्टाइनमा रहेको उसले बताएको छ ।
मन्त्रालयका अनुसार आजसम्म २५ लाख २१ हजार १६४ जनाको पिसिआर टेस्ट भइसकेको छ ।
मन्त्रालयका अनुसार देशभरका अस्पतालहरुमा ५७८ को आइसियूमा र १४२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । काठमाडौँका अस्पतालहरुमा मात्र १ हजार १८१ जना आइसोलेशनमा, यस्तै १७१ जना आइसियूमा र ५६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
पछिल्लो समय कोरोना कहर बढ्दै जाँदा कोरोनाको चेन ब्रेक गर्न काठमाडौँलगायतका विभिन्न स्थानहरुमा निषेधाज्ञा जारी गरिएको छ ।
पछिल्लो चौविस घण्टाको तथ्याँकले पनि २० वर्षदेखि २९, ३० देखि ३९ वर्ष र ४० देखि ४९ वर्ष समूहमा सबैभन्दा बढी संक्रमण देखिएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आज संविधान दिवस, विभिन्न कार्यक्रसहित मनाइँदै
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
प्रतिकृया दिनुहोस