स्वास्थ्य

अध्ययन बिदामा रहेका स्वास्थ्यकर्मी र अध्ययनरत सबै विद्यार्थीलाई उपचारमा खट्न निर्देशन

काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अध्ययन बिदामा रहेका सबै स्वास्थ्यकर्मीलाई आ-आफ्नो दरबन्दी भएको स्वास्थ्य संस्थामा गएर काम गर्न निर्देशन दिएको छ ।

मन्त्रालयले कोभिड-१९ को दोस्रो लहरको सङ्क्रमण बढेपछि उपचारको व्यवस्थापन गर्न तिनलाई  काम गर्न निर्देशन दिएको हो । 

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार मन्त्रालयले अध्ययन बिदामा रहेका र अहिले अध्ययन नभएका अवस्थामा रहेका सबै स्वास्थ्यकर्मीलाई आ-आफ्नो दरबन्दीअनुसार स्वास्थ्य संस्थामा गएर काम गर्न निर्देशन दिएको हाे ।  

मन्त्रालयले विभिन्न चिकित्सा विधामा अध्ययनरत सबै विद्यार्थीलाई पनि कोभिड-१९ को रोकथाम र नियन्त्रणमा खटाउने निर्णय गरेको छ । ती विद्यार्थीलाई अध्ययन गराउने सम्बन्धित विश्वविद्यालय तथा कलेजले आवश्यकतानुसार आफ्नै वा अन्य अस्पतालमा खटाउने उनले जानकारी दिए ।

गाउँ सहर संवाददाता

तपाईँको मत