बीपी प्रतिष्ठानका २१६ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएसँगै सेवा प्रभावित
- गाउँ सहर संवाददाता
- १० माघ सोमबार, २०७८ | १४:२८:०० मा प्रकाशित

काठमाडाैं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका २१६ स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ । धरानस्थित प्रतिष्ठानमा विभिन्न विभागका ८१ चिकित्सक, १ सय १४ नर्ससहित २ सय १६ जना स्वास्थ्यकर्मीलाई कोरोना पोजेटिभ भएको प्रतिष्ठानले जानकारी दिएकाे छ ।
धेरै संख्यामा चिकित्सक र नर्सलाई कोरोना भएपछि जनशक्ति अभावले उपचार सेवा प्रभावित भएको छ । नियमित शल्यक्रिया, ओपिडी सेवा र वार्ड राउण्ड प्रभावित भएको हो ।
संक्रमित हुने चिकित्सक, नर्स र हेल्परको संख्या क्लिनिकल क्षेत्रका मात्र हुन् । एनाटोमी, फिजियोलोजी, बायोकेमेस्ट्री, माइक्रोबायोकेमेस्ट्री, फर्माकोलोजी, फरेन्सिक र कम्यूनिटि हेल्थ विभागका कार्यरत संक्रमित स्वास्थ्यकर्मीहरुको तथ्यांक आएको छैन ।
प्रतिष्ठानका डेपुटी डाइरेक्टर डा विकास साहका अनुसार संक्रमित चिकित्सक मध्ये सबैभन्दा बढी एनेस्थेसिया विभागका ११ जना र ५ जना प्राविधिक संक्रमित भएका छन् ।
यसैगरी सर्जरी विभाग, आँखा विभाग, हाडजोर्नीमा ९र९ जना चिकित्सक रहेका छन् । जनरल मेडिसिन विभाग, प्याथोलोजी र स्त्री तथा प्रसुती विभागका ८र८ जना, नाक, कान घाँटी (इएनटी) विभागका ७ जना, बालरोग र मानसिक रोग विभागका २र२ जना, आकस्मिक विभाग र चर्म रोग विभागका १र१ जना चिकित्सक संक्रमित छन् । ६ सय दरबन्दी भएपनि ४ सय जनामात्र रहेको नर्सहरुमा १ सय १४ जना संक्रमित भएकाे अस्पतालले जनाएकाे छ ।
चिकित्सक, नर्स र प्राविधिकहरु संक्रमित भएपछि उनीहरु सबै हाल होम क्वारेन्टिनमा छन् । स्वास्थ्यकर्मीहरु नै संक्रमित भएपछि अधिकांश सेवा प्रभावित भएको छ ।
शल्यक्रियाका गर्ने सर्जरी विभागका चिकित्सकहरु मध्ये नौ जना र शल्यक्रिया गर्नु अघि गर्नुपर्ने बेहोसीको जाँच गर्ने चिकित्सक ११ जना र प्राविधिकहरु ५ जना एकैपटक संक्रमित भएपछि सेवा प्रभावित भएको अस्पतालले जानकारी दिएकाे छ ।
प्रतिष्ठानमा ८ सय बढी विरामी विभिन्न वार्डमा उपचाररत छन् । कोरोना संक्रमित चिकित्सक र नर्सको संख्या बढेसँगै नियमित राउण्डमा पनि असर परेको अस्पतालले बताएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस