यस्ताे छ आइतबार सुनकाे मूल्य
- गाउँ सहर संवाददाता
- १९ बैशाख आइतबार, २०७८ | १२:५७:०० मा प्रकाशित
काठमाडाैं । साताको पहिलो दिन सुनको भाउ बढेको छ । बैशाख १९ गते, आइतबार छापावाला सुनको भाउ तोलामा एक सय रुपैयाँले बढेर ९० हजार रुपैयाँ कारोबार मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार तोलामा नौ सय रुपैयाँले घटेर छापावाला सुन ८९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । महासंघले आजका लागि तेजावी सुनको भाउ ८९ हजार पाँच सय रुपैयाँ तोकेको छ ।
आज चाँदीको भाउमा कुनै घटबढ भएको छैन। शुक्रबार एक हजार २९५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज पनि उस्तै छ ।
सामान्य अवस्थामा देशभर दैनिक २० देखि ४० किलो सुनको कारोबार हुने गरेको भएपनि कोभिड माहामारीको दोस्रो लहका कारण अहिले सुनको कारोबार निकै आरालो झरेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । देशका प्रमुख सहरमा जारी भएको निषेधाज्ञाका कारण बजार प्रभावित भएको व्यवसायीहरुको भनाई छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
- रोहितको शतकमा नेपाल विजयी
- रोहितको शतक, क्यानडालाई नेपालले दियो २३६ रनको लक्ष्य
- बडादसैँ सुरु, आज घटस्थापना
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
प्रतिकृया दिनुहोस