यस्ताे छ आइतबार सुनकाे मूल्य
- गाउँ सहर संवाददाता
- १९ बैशाख आइतबार, २०७८ | १२:५७:०० मा प्रकाशित

काठमाडाैं । साताको पहिलो दिन सुनको भाउ बढेको छ । बैशाख १९ गते, आइतबार छापावाला सुनको भाउ तोलामा एक सय रुपैयाँले बढेर ९० हजार रुपैयाँ कारोबार मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार तोलामा नौ सय रुपैयाँले घटेर छापावाला सुन ८९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । महासंघले आजका लागि तेजावी सुनको भाउ ८९ हजार पाँच सय रुपैयाँ तोकेको छ ।
आज चाँदीको भाउमा कुनै घटबढ भएको छैन। शुक्रबार एक हजार २९५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज पनि उस्तै छ ।
सामान्य अवस्थामा देशभर दैनिक २० देखि ४० किलो सुनको कारोबार हुने गरेको भएपनि कोभिड माहामारीको दोस्रो लहका कारण अहिले सुनको कारोबार निकै आरालो झरेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । देशका प्रमुख सहरमा जारी भएको निषेधाज्ञाका कारण बजार प्रभावित भएको व्यवसायीहरुको भनाई छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस