स्वास्थ्य

यी जिल्लाहरूमा काेभिडका बिरामी थेग्नै नसकिने भयाे कृपया सबैजना संवदेनशिल भइदिनुहाेला : स्वास्थ्य मन्त्रालय

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काेभिड-१९ संक्रमण दर उच्च गतिमा फैलिरहेकाे भन्दै सर्वसाधारणलाई संवदेशनशील हुन अनुराेध गरेकाे छ । मन्त्रालयले सर्वसाधारणसमक्ष अपिल जारी गर्दै अति प्रभावित जिल्लाहरू माेरङ, सुनसरी, झापा, पर्सा, धनुषा, बार, काठमाडाैं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चाके, कास्की, दाङ, बाँके, रूपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली, कञ्चनपुर लगायतमा संक्रमण डरलाग्दाे रूपमा फैलिरहेकाे र उपचारका लागि अस्पतलमा शैया पनि उपलब्ध गराउन नसकिने अवस्था भएकाे भन्दै सबैजना संवेदनशील हुन अनुराेध गरेकाे छ । 

गाउँ सहर संवाददाता