हेल्थी च्वाइस एस्थेटिक अस्पतालको अफरमा एससीटी–युपीआई कार्डमार्फत भुक्तानी गर्दा थप ५ प्रतिशत छुट
- गाउँ सहर संवाददाता
- ६ जेठ मंगलबार, २०८२ | ०८:२०:०० मा प्रकाशित

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र विगत ८ वर्षदेखि आफ्नो सेवाग्राहीहरूलाई उत्कृष्ट सेवा दिँदै आएको नेपालकै पहिलो एस्थेटिक अस्पताल हेल्थी च्वाइस एस्थेटिक अस्पतालबीच एससीटी–युपिआइ कार्ड प्रयोगकर्ताहरूलाई हेल्थी च्वाइस एस्थेटिक अस्पतालमा हुने सम्पूर्ण अफरमा थप पाँच प्रतिशतसम्मको विशेष छुट दिने सम्झौता भएको छ ।
एससीटी–युपिआइ कार्ड प्रयोगकर्ताहरूले यो छुट पाउनका लागि आफ्नो एससीटी–युपिआइ कार्ड मार्फत भुक्तानी गर्नु पर्छ । ग्राहकहरूले पीओएसमार्फत भुक्तानी गर्दा ब्लड टेस्ट, छाला, कपाल र दन्त प्रक्रियाहरूमा हुने सम्पूर्ण अफरहरूमा थप ५ प्रतिशत छुट पाउनेछन् भने ओपि डि परामर्श, ईमप्लान्ट, प्लास्टिक सर्जरी, कस्मेटिक गाइनोकोलोजी, सर्जिकल प्याकेज, कपाल प्रत्यारोपण, मीफ्युर्फ, एमएनआरएफ, सोर्पानो हेयर रिमुभल प्याकेज र आउटसोर्स सर्भिसेस र उपकरण शुल्कमा हुने सम्पूर्ण अफरहरूमा थप २.५ प्रतिशत छुट पाउनु हुनेछ ।
एससीटीको हाल सदस्यहरू ५ ‘क’ वर्गका बैंक, ६ ‘ख’ वर्गका बैंक, ११ ‘ग’ वर्गका बैंक र १००+ सहकारी संस्थाहरू रहेका छन् । ग्राहकहरूको स्वास्थ्यलाई मध्यनजर राखेर एससीटी र हेल्थी च्वाइस एस्थेटिक अस्पतालले ल्याएको यो अफरले माथि उल्लेखित बैंकहरूबाट एससीटी–युपिआइ कार्ड लिनुभएका ग्राहकहरूलाई पूर्ण फाइदा लिन दुवै पक्षबाट प्रोत्साहित गरिएको छ ।
एससीटी–युपिआइ कार्ड नहुने ग्राहकहरूले पनि यस अफरमा सहभागी हुनलाई आफ्नो नजिकैको एससीटीसँग आबद्ध बैंकमा गएर सजिलै एससीटी युपिआइ कार्ड लिन सक्ने कम्पीनले जनाएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
- हालसम्म १५६७ कैदीबन्दी र थुनुवा नियन्त्रणमा, अझै १२ हजार ५३३ जना फरार
- यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
प्रतिकृया दिनुहोस