पछाडि परेका वर्गलाई सहयोग पुर्याउने उद्देश्यले अस्पताल स्थापना गर्नु उदाहरणीय कार्य
- गाउँ सहर संवाददाता
- २४ जेठ शनिबार, २०८२ | २१:११:०० मा प्रकाशित

मोरङ । प्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा पछाडि परेका वर्गलाई सहयोग पुर्याउने उद्देश्यले निजी लगानीमा अस्पताल स्थापना गर्नु उदाहरणीय कार्य भएको बताएका छन् ।
मोरङ कटहरी गाउँपालिका-२ हल्दिबारमा स्थापना भएको जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउण्डेसनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सरकार र सरोकार भएका निकायको सहयोगबिना निजी लगानीमा सुविधासम्पन्न अस्पताल निर्माण गरी जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउने काम प्रशंसनीय रहेको बताए ।
प्रधानमन्त्री ओलीले संघीय सांसदका रूपमा अस्पताल सञ्चालक समितिका अध्यक्ष योगेन्द्र मण्डललाई चयन गरेकामा यहाँका जनतालाई धन्यवाद दिँदै सबै जनप्रतिनिधिले सांसद मण्डल जस्ते सृजनशील काम गर्नुपर्ने सुझाव दिए। उनले भने, “अस्पतालले आर्थिक अभाव भएकालाई पहिलो प्राथमिकतामा राखेर उपचार गर्ने नीति लिएको छ, यो समाजका लागि उदाहरणीय कार्य हो ।”
प्रधानमन्त्री ओलीले रु दुई अर्ब लगानीमा बनेको दुई सय शय्याको यस अस्पतालाले रकमको अभावमा उपचार नपाएका बिरामीलाई फर्कन नदिने संकल्प लिएकोप्रति सराहना गरे । आगामी दिनमा अस्पतालले तीन सय शय्या पुर्याउने र शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्ने लक्ष्य लिएको भन्दै यसमा सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
प्रधानमन्त्री ओलीलाई अस्पताल परिसरमा आयोजित कार्यक्रममा मण्डलसहित स्थानीय अगुवा, जनप्रतिनिधि र समुदायले स्वागत गरेका थिए ।
अस्पतालका सञ्चालक समितिका अध्यक्ष एवं सांसद मण्डलले समुदायमा रहेका गरिब जनतालाई सहज रूपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न अस्पताल सञ्चालनमा ल्याइएको बताए । उनका अनुसार अस्पतालले आधुनिक उपकरण र विशेषज्ञ चिकित्सकसहित उपचार प्रवाह गर्नेछ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नागार्जुनका मेयर बस्नेतले ९ करोड २२ लाख घुस खाएको ठहर
- नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार
- प्रधानमन्त्रीकाे उपस्थितिमा ट्राफिक प्रहरी प्रमुखले उद्घाटन गरे ग्वार्काेकाे ओभरपास
- रास्वपा र राप्रपाले बहिष्कार गरेपनि चलिरहेछ प्रतिनिधिसभा बैठक (लाइभ)
- प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रश्नाेत्तर
- त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेपालकाे शानदार जित
- घट्याे दाेहाेराे अंकले नेप्से
- संसदमा चर्काचर्की (लाइभ)
- बाढी महाशाखाद्वारा आज काठमाडौँसहित ५६ जिल्लामा सतर्कता अपनाउन अनुराेध
- टी-२० सिरिजमा आज नेपालले नेदरल्यान्ड्ससँग खेल्दै
प्रतिकृया दिनुहोस