गाउँ सहर

मन्त्री रायमाझीलाई कोरोना संक्रमण

काठमाडौ ।  उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री टोपबहादुर रायमाझीलाई कोरोना संक्रमण देखा परेको छ ।

मन्त्री रायमाझीलाई सोमबार टेकु अस्पतालमा परीक्षण गर्दा कोरोना पुष्टि भएको उनका प्रेस संयोजक अर्जुन भुसालले जानकारी दिए ।

उनको काठमाडौं छाउनी स्थित वीरेन्द्र सैनिक अस्पतालमा उपचार भइरहेको छ ।

उनको स्वास्थ्य अवस्था सामान्य रहेको प्रेस संयोजक भुसालले जानकारी दिए । मन्त्री रायमाझी परिवारका सदस्य सहित सचिवालयका केहि सदस्यलाई पनि संक्रमण पुष्टि भएको बताइएको छ ।

गाउँ सहर संवाददाता