आजको प्रतिनिधिसभा बैठकमा टोपबहादुर रायमाझीको पद निलम्बन गरिने
- गाउँ सहर संवाददाता
- १५ श्रावण सोमबार, २०८० | ०७:३८:०० मा प्रकाशित

काठमाडौं । आज प्रतिनिधिसभा बैठक बस्दै छ।
आजको बैठकमा नेकपा एमालेका सांसद टोपबहादुर रायमाझीको पद निलम्बन गरिएको जानकारी सभामुखले देवराज घिमिरेले जनाकारी गराउनेछन्।
दिउँसो १ बजे बस्ने तय भएको संसद बैठकमा राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाइनेछ।
यस्तै बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्यनिरुपण मेलमिलाप आयोगको म्याद थपसम्बन्धी प्रस्ताव पेश गर्ने कार्यक्रम पनि रहेको छ भने राष्ट्रियसभाबाट उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक २०८० लाई समितिमा छलफलका लागि पठाउने प्रस्ताव पेश गरिनेछ।
यसैबीच आज पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले क्विन्टल सुन प्रकरणलाई लिएर आजको बैठक पनि चल्न नदिने चेतावनी दिएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र एमाले अध्यक्ष केपी ओलीबीच आइतबार भएको भेटमा संसद्को अवरोध हटाउनेबारे कुनै निष्कर्षमा नपुगिएको एमालेले जनाएको छ।
एमाले संसदीय दलका उपनेता सुम्बास नेम्बाङले भने, ‘कुनै निष्कर्ष प्रधानमन्त्रीले अध्यक्षलाई दिनुभएन भन्ने जानकारी छ,संसद्को अवरोध यथावत् रहन्छ।’
त्रिभुवन विमानस्थलबाट बाहिरिएर नियन्त्रणमा लिएको सुन राजश्व अनुसन्धान विभागले नियन्त्रणमा लिएपछि एमालेले सरकार नै सुन तस्करीमा संलग्न रहेको भन्दै संसद बैठकमा अवरोध गर्दै आएको छ।
एमालेले गृहमन्त्री नारायणकाजी श्रेष्ठ नै क्विन्टल सुन प्रकरणमा संलग्न रहेको भन्दै राजीनामा मागिरहेको छ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस