तेस्रो त्रैमासमा माछापुच्छ्रे बैंकको अधिकांश सूचक बृद्धि
- गाउँ सहर संवाददाता
- १४ बैशाख मंगलबार, २०७८ | १२:४५:०० मा प्रकाशित
काठमाडाैं । माछापुच्छ्रे बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा अधिकांश सूचक बृद्धि भएकाे छ ।
मंगलबार सार्वजनिक गरेकाे वित्तीय विवरण अनुसार बैंकले चैत मसान्तसम्ममा १ अर्ब २९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.६१ प्रतिशत बढी हो । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले एक अर्ब १६ करोड खुद नाफा गरेको थियो । चैत मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ८४ करोड ६९ लाख रुपैयाँ पुगेको छ ।
बैंकले समीक्षा अवधिमा निक्षेप संकलनमा २०.५६ प्रतिशतले पनि वृद्धि गरेको छ । गत आवको समीक्षा अवधिमा निक्षेप संकलन १ खर्ब ४ अर्ब ९ करोड रुपैयाँ गरेकोमा बैंकले चालु आवको सोही अवधिमा निक्षेप संकलन १ खर्ब २५ अर्ब ४९ करोड रुपैयाँ गरेको छ ।
त्यसैगरी कर्जा प्रवाहतर्फ बैंकले वृद्धि गरेको छ । गत आवको समीक्षा अवधिमा ९२ अर्ब ५२ करोड कर्जा प्रवाह गरेकोमा बैंकले चालु आवको सोही अवधिमा कर्जा प्रवाह बढाएर १ खर्ब १२ अर्ब ५७ करोड पुर्याएको छ ।
खुद ब्याज आम्दानीसँगै सञ्चालन आम्दानी बढ्दा बैंकको खुद नाफामा सुधार आएको हो । अधिकांस बैंकको ब्याज आम्दानीमा गिरावट आउँदा माछापुच्छ्रे बैंकले भने ब्याज आम्दानी समेत बढाएको छ । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४.०९ प्रतिशत बढेको छ ।
चैत मसान्तसम्म बैंकमा एक खर्ब २५ अर्ब निक्षेप तथा एक खर्ब १२ अर्ब कर्जा रहेको छ । गत आर्थिक वर्षको चैत मसान्तको तुलनामा चुक्ता पूँजी ७.०३ प्रतिशत बढेको छ भने जगेडा कोष १३.९३ प्रतिशत बढेको छ। हाल बैंकको चुक्ता पूँजी ९ अर्ब ५ करोड रुपैयाँ छ । जसको जगेडाकोषमा ३ अर्ब ५६ करोड रुपैयाँ छ ।
खुद नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। बैंकको प्रतिशेर आम्दानी १९ रुपैयाँ १ पैसा, मूल्य आम्दानी अनुपात १८.५२ गुणा तथा प्रतिशेयर नेटवर्थ १३९ रुपैयाँ ३० पैसा छ। बैंकको खराब कर्जा भने केही बढेर ०.५१ प्रतिशत पुगेको छ ।
बैंकको रिजर्भममा १२ अर्ब ६१ करोड रुपैयाँ छ भने वितरणयोग्य नाफा ८४ करोड ६० लाख रुपैयाँ छ ।
बैंकको खराब कर्जा ०.५१ प्रतिशत, कस्ट अफ फण्ड ५.१० प्रतिशत, सीसीडी रेसियो ८०.३९ प्रतिशत, बेस रेट ७.०९ प्रतिशत र स्प्रेड रेट ४.०४ प्रतिशत छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
- राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश जारी
- दशैँको छैटौँ दिन माता कात्यायनीको पूजा गरिँदै
- ४ हजार ९९९ रुपैयाँमै नेपाल टेलिकमको वार्षिक इन्टरनेट प्याकेज
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
प्रतिकृया दिनुहोस