यस्ताे छ वैशाख महिनाका लागि वाणिज्य बैंकहरूकाे ब्याजदर
- गाउँ सहर संवाददाता
- ३० चैत सोमबार, २०८२ | १४:०३:०० मा प्रकाशित
काठमाडौं । वाणिज्य बैंकहरूले आगामी २०८३ वैशाख महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । प्राप्त तथ्यांक अनुसार चैत महिनाको तुलनामा वैशाखमा व्यक्तिगत निक्षेपतर्फको औसत ब्याजदरमा केही गिरावट आएको छ भने संस्थागततर्फ सामान्य वृद्धि देखिएको छ ।
बैंकहरूले सार्वजनिक गरेको तथ्यांक अनुसार चैत महिनामा वाणिज्य बैंकहरूमा व्यक्तिगत मुद्दती निक्षेपतर्फको औसत ब्याजदर ४.४९ प्रतिशत रहेको वैशाख महिनाका लागि झिनो अंकले घटेर ४.४१ प्रतिशत कायम भएको छ । यो चैत महिनाको तुलनामा ०.०८ प्रतिशत विन्दुले कम हो ।
वैशाखमा सबैभन्दा बढी ब्याजदर दिने बैंकहरूमा एनएमबि बैंक र राष्ट्रिय वाणिज्य बैंक रहेका छन्, जसले व्यक्तिगततर्फ ५ प्रतिशत ब्याजदर कायम गरेका छन् । सबैभन्दा कम ब्याजदर सिद्धार्थ बैंकको ४ प्रतिशत रहेको छ ।
चैत महिनाको तुलनामा वैशाख महिनामा संस्थागत निक्षेपतर्फ भने औसत ब्याजदरमा सामान्य वृद्धि हुने भएको छ । चैतमा ३.२९ प्रतिशत रहेको संस्थागत औसत ब्याजदर वैशाखमा ३.३३ प्रतिशत पुगेको छ । तथ्यांक अनुसार संस्थागततर्फ समग्रमा ०.०६ प्रतिशतको अन्तर देखिएको हो ।
ब्याजदर घटाउने र बढाउने बैंकहरू
वैशाख महिनाका लागि ६ वटा बैंकले व्यक्तिगत तर्फको ब्याजदर घटाएका छन् भने एउटा बैंकले बढाएको छ । ब्याजदर घटाउने बैंकहरूमा हिमालयन बैंक (०.५०%), सिटिजन्स बैंक (०.३५%), सिद्धार्थ बैंक र एनआईसी एसिया (०.२५%), एभरेष्ट बैंक (०.२०%) र स्ट्याण्डर्ड चार्टर्ड (०.०१%) रहेका छन् । कृषि विकास बैंकले भने व्यक्तिगततर्फ ०.०४ प्रतिशत र संस्थागततर्फ ०.०३ प्रतिशतले ब्याजदर बढाएको छ ।
नेपाल बैंक, नेपाल एसबीआई, लक्ष्मी सनराइज, ग्लोबल आईएमई, प्राइम, प्रभु, माछापुच्छ्रे, एनएमबि, सानिमा, राष्ट्रिय वाणिज्य र एनआईएमबिले भने वैशाख महिनाका लागि आफ्नो ब्याजदर स्थिर राखेका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
- राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश जारी
- दशैँको छैटौँ दिन माता कात्यायनीको पूजा गरिँदै
- ४ हजार ९९९ रुपैयाँमै नेपाल टेलिकमको वार्षिक इन्टरनेट प्याकेज
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
प्रतिकृया दिनुहोस