अर्थतन्त्र
कतिमा हुँदैछ मंगलबार सुनचाँदीकाे काराेबार
- गाउँ सहर संवाददाता
- १४ बैशाख मंगलबार, २०७८ | १२:३३:०० मा प्रकाशित

काठमाडाैं । अघिल्लो दिन स्थिर रहेको सुनको भाउ ओरालो लागेको छ । बैशाख १४ गते, मंगलबार सुन तोलामा १०० रुपैयाँले घटेको हो ।
यस दिन छापावाला सुन प्रतितोला ९१ हजार २०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार भने सुनको स्थिर रहेर आइतबारकै भाउ प्रतितोला ९१ हजार ३०० रुपैयाँ तोकिएको थियो ।
मंगलबार सुनको मूल्य घटेपनि चाँदीको भने बढेको छ । यस दिन चाँदी तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला एक हजार ३१५ रुपैयाँमा किनबेच हुँदैछ । साेमबार भने चाँदीको मूल्य स्थिर रहेर प्रतितोला एक हजार ३१० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
प्रतिकृया दिनुहोस