स्वास्थ्य

विश्वभर काेराेना : १४ कराेड ७० लाख संक्रमित, ३१ लाख १२ हजारकाे मृत्यु, एक लाख बढि सिकिस्त

काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोनाभाइरसले सताइरहेकाे छ । विश्वभर हाल १ कराेड ९२ लाख ३७ हजार जनामा काेराेनाभाइरस सक्रिय छ । संक्रमितमध्ये निको हुनेको संख्या १२ करोड ४६ लाख ९३ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने १४ करोड ७० लाख ४३ हजार नाघेको छ भने मृतकको संख्या ३२ लाख १२ हजार ४०२ जना पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये एक लाख ९ हजार ७७९ जनाको अवस्था गम्भीर छ । 

पछिल्लाे २४ घण्टामा सबैभन्दा धेरै काेराेना संक्रमित भारतमा भएका छन् । भारतमा ३ लाख ४९ हजार ३१३ जना नयाँ संक्रमित थपिएका छन् । यससँगै भारतमा संक्रमित संख्या हालसम्म १ कराेड ६९ लाख ५१ हजार ७६९ जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये १ लाख ९२ हजार ३१० जनाको ज्यान गइसकेको छ । जसमध्ये १ कराेड ४० लाख ७८ हजार ८१ जना निको भएका छन् । सक्रिय केस २६ लाख ८१ हजार ३७८ जना छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा विश्वमै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा ३ कराेड २७ लाख ८९ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म ५ लाख ८५ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने ९ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म २ कराेड ५३ लाख ३९ हजार भन्दा बढि जना निको भइसकेका छन् भने ६८ लाख ६३ हजार जनामा भाइरस सक्रिय छ । 

तेस्राे स्थानमा रहेकाे ब्राजिलमा १ कराेड ४३ लाख ८ हजार जना संक्रमितमध्ये १ कराेड २७ लाख ६६ हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने ३ लाख ८९ हजारभन्दा बढी छन् । हाल ११ लाख ५१ हजार जनामा काेराेना भाइरस सक्रिय छ । 

नेपालमा भाइरस संक्रमित २ लाख ९७ हजार ८७ जना पुगेका छन् भने २ लाख ७७ हजार १२३ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ३ हजार १३६ पुगेको छ भने १६ हजार ८२८ जना उपचाररत छन्  ।

गाउँ सहर डेस्क

तपाईँको मत