स्वास्थ्य

कोरोना भ्याक्सिनलाई दवाई सम्झिरहेका त छैनौँ ? संक्रमण बढेको प्रमुख कारण लापरबाही

काठमाडौँ । हामी किन यति लापरवाही भयौँ ? यो प्रश्नले अहिले सबैलाई घोचिरहेको छ । नघोचोस् पनि कसरी, किनकी कोरोना संक्रमणको नयाँ नयाँ स्ट्रेनले विश्वका अधिकांश देशमा पुनः तवाहि मच्चाएको छ ।

कोरोन संक्रमण र हानीको कारण खोज्न सकिन्छ, प्रश्न खडा गर्न सकिन्छ । तर चोर औँला उठाउँदा अन्य आफैँतिर फर्किएको हुन्छ । कारण आफैँतिर बढि फर्किएको छ । 

जब कोभिड १९ पहिलो पटक देखा पर्यो, सबैले नियमको पालना गरिरहेका थिए । सबैको मनमा ठूलो डर थियो र सो समय कुनै भ्याक्सिन पनि थिएन । मास्क, सामाजिक दुरी, पटक पटक हात धुने, सेनिटाइजरजस्ता कुराहरुको पालना गरिरहेका थिए । यसकारण कोरोना संक्रमण नियन्त्रणमा थियो ।

जब यसको भ्याक्सिनहरु आए मनिसहरुको मनमा भ्याक्सिन आइसकेको धारण उब्जीयो, सम्झिए सबै ठिक हुन्छ । मास्क र सामाजिक दुरी बिर्सँदै गए । भ्याक्सिनलाई लिएर सबैलाई त्यति धेरै जानकारी नहुँदा मानिसहरुले त्यसलाई दवाई सम्झन थाले । बच्चालाई मास्क लगाउन छाडे, उनीहरुमा संक्रमण बढ्न थाल्यो । यसको अलवा मानिसमा संक्रमणको सिम्प्टोम्स आउँदापनि सामान्य रुघा र ज्वरो सम्झिएर घरमा नै बस्न थाले, यो पनि लापरवाही बन्यो जसको कारण संक्रमणको केश धेरै देशहरुमा बढ्न थाल्यो । यसबाट नेपाल पनि अछुतो रहन सकेन । दैनिक दोब्बरभन्दा बढी नयाँ संक्रमितको मात्रा बढिरहेको छ ।

यो कुरालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि देशमा निकट समयमै नसोचेको संक्रमण फैलने जसलाई नियन्त्रण गर्न हाम्रा संरचनाले नसक्ने बताइसकेको छ । छिमेकी राष्ट्र भारतमा अनियन्त्रित बनेको कोरोनाले नेपालमा पनि उत्तिकै प्रभाव पारेको छ । त्यहाँपनि अक्सिजनको हाहाकार जस्तै बनेको यो विषम समयमा नेपालमा पनि अस्पतालमा आइसियू र भेन्टिलेटरको बेड पाउन मुश्किल परिरहेको छ । दैनिक मृत्युको घटना बढिरहेको छ ।

भ्याक्सिन आएपनि यसको प्रभावकारीतामा धेरै प्रश्नहरु खडा भएका पनि छन् । यो खोप दवाई होइन, केवल शरीरको प्रतिरोधात्मक शक्ति बढाउने एउटा अस्त्र मात्र हो भन्ने धेरैलाई थाहा छैन । धेरैले दवाई सम्झिँदा मास्कको प्रयोग घट्यो, दुरीको मापदण्ड क्रमशः कम गरियो, सावधानीका उपायलाई घटाउँदा अवस्था झनै गम्भीर बन्न पुगेको छ ।

चिकित्सकका अनुसार, भ्याक्सिनको दोस्रो डोज लगाएको २ देखि ३ हप्तापछि शरीरमा इम्यूनिटी बनाउँछ तर डोज लगाएपछि पनि मास्कको पालना गर्नुपर्ने हुन्छ । यदि भ्याक्सिन लगाएपछि संक्रमण भए ठिक पनि हुनुहोला, तर तपाईंबाट अरुमा संक्रमण फैलन सक्छ । कोभिडको नयाँ नयाँ स्वरुप आइरहेका छन, बाटोमा गएर मास्क फुकाल्नेजस्ता गतिविधि बढेका छन् । सामाजिक दुरी भुलेका छौँ । हामी कहाँ जानुछ र कहाँ जानुहुँदैन, मानिसहरु यो कुरालाई ध्यानमा राखिरहेका छैनन् । मानिसले मास्क लगाउन छाडेका छन् । लगाएपनि नाकको तल र गलामा । मास्क लगाएर सामाजिक दुरी बनाएमात्र हामी सुरक्षित हुनसक्छौँ । कोरोनाबाट बच्नको लागि सहि ढंगले मास्क लगाउनुपर्ने कुरामा चिकित्सक जोड दिन्छन् ।

ध्यानमा राख्नुहोस्
सामाजिक दुरी, मास्कको प्रयोग अनिवार्य गर्नुहोस् । तीन लेयरको मास्कको मात्र प्रयोग गर्नुहोस् । सर्जिकल मास्क धोएर प्रयोग नगर्नुहोस् । मास्कलाई सुरक्षित स्थानमा डिस्पोज गर्नुहोस् । कोरोन सुपर स्प्रेडर स्थानलाई पहिचान गर्नुहोस्, जुनसुकै कुरा प्रयोग गरेर पनि बच्नुहोस् । लिफ्ट वा भीड हुने स्थलबाट जोगिनुहोस् । सक्नुहुन्छ भने त्यस्ता स्थानमा नजानुहोस् । मास्कलाई जतिबेलै नछुनुहोस वा नहटाउनुहोस् । मास्कसँगै फेससिल्डको उपयोग गर्नुहोस् । यो समयमा भ्रामक समाचारको पछाडि नलाग्नुहोस् । अपूरो जानकारीले थप दुर्घटना निम्त्याउँछ । मानसिक स्वास्थ्यलाई ध्यान दिँदै नियमलाई पालना गरेर मात्र काेराेना नियन्त्रण गर्न सकिन्छ ।

गाउँ सहर डेस्क

तपाईँको मत