त्रिकोणात्मक टी-२० सिरिज : नेपालले नेदरल्याण्डलाई जित्न सकेन
- गाउँ सहर संवाददाता
- ७ बैशाख मंगलबार, २०७८ | १६:४८:०० मा प्रकाशित
काठमाडाैं । त्रिकोणात्मक टी-२० सिरिजमा नेपाललाई नेदरल्याण्डले हराएको छ ।
नेपालले दिएको २ सय ७ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले ३ बल बाँकी हुँदै ७ विकेट गुमाएर लक्ष्य पुरा गर्यो ।
त्रिवी क्रिकेट मैदानमा मंगलबार भएको खेलमा नेपाललाई नेदरल्यान्ड्सले ३ विकेटले हराएको हो ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय ६ रन जोडेको थियो ।
नेपालले अन्तिम लिग खेल मलेसियासँग बिहीबार खेल्नेछ । दुई जितपछि नेदरल्याण्ड्सले पनि ३ खेलबाट ४ अंक जोडेको छ ।
नेपालले फाइनलमा स्थान सुनिश्चित गर्न आफ्नो अन्तिम खेलमा मलेसियालाई हराउनुपर्नेछ ।
नेदरल्याण्ड्सको जितमा मध्यक्रमका ब्याट्सम्यान बेन्न कूपरले ५५ रनको योगदान दिए । बास डे लीडले अविजित रहँदै ८१ रनको विष्फोटक पारी खेलेपछि नेदरल्याण्ड्सले नेपालमाथि जित हात पार्न सफल भयो । बास डे लीड प्लेयर अफ द् म्याच घोषित भए ।
कुशलको लगातार तेस्रो अद्र्धशतक
यद्दपी नेपाललाई सम्मानजनक योगफलसम्म पुर्याउन कुशल भुर्तेलले प्रतियोगितामा लगातार तेस्रो अद्र्धशतक लगाए । उनले मात्र ४१ बलमा आफ्नो अद्र्धशतक पुरा गरे । १३ औं ओभरको अन्तिम बलमा आर्यन दत्तको बलमा छक्का लगाएर उनले अद्र्धशतक पुरा गर्दा नेपालले दुई विकेटको क्षतिमा ११७ रन जोडेको थियो । १५ औं ओभरको तेस्रो बलमा कुशल भुर्तेल भिभियन किंग्माको बलमा डी लीडको हातमा क्याच थमाउनुअघि ६२ रनको योगदान दिए । उनले ४६ बलमा आठ चौका र एक छक्का प्रहार गरे ।
दिपेन्द्र ऐरीको पहिलो टी ट्वान्टी अद्र्धशतक
दिपेन्द्रसिंह ऐरीले अर्को छेऊबाट साथ दिएपछि नेपालले सम्मानजनक योगफल तयार गर्न सफल भयो । भुर्तेलले ऐरीसँग तेस्रो विकेटका लागि मात्र ४५ बलमा ७८ रनको साझेदारी गरे ।
ऐरीले मात्र २८ बलमा अद्र्धशतक पुरा गरे । टी ट्वान्टी अन्तर्राष्ट्रियमा यो उहाँको पहिलो अद्र्धशतक हो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आगामी पाँच दिन देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
प्रतिकृया दिनुहोस