नेपाल आइपुग्याे आईसीसी टी-२० विश्वकप क्रिकेटको ट्रफी
- गाउँ सहर संवाददाता
- २१ पौष सोमबार, २०८२ | १६:२५:०० मा प्रकाशित
काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटको ट्रफी नेपालमा आइपुगेको छ।
भारत र श्रीलंकामा हुने टी-२० विश्वकप क्रिकेटको ट्रफी सोमबार राष्ट्रपति निवासमा प्रदर्शन गरिएको हो। ट्रफी टुरअन्तर्गत ट्रफीलाई नेपाल ल्याइएको हो।
राष्ट्रपति रामचन्द्र पौडेलले आईसीसी टी-२० विश्वकपको ट्रफी सार्वजनिक गरेका छन्।
ट्रफी टुर अन्तर्गत नेपाल आइपुगेको ट्रफी सोमबार राष्ट्रपति कार्यालय शीतलनिवासमा राष्ट्रपति पौडेलले सार्वजनिक गरेका हुन्। राष्ट्रपति पौडेलसँगै पुरुष राष्ट्रिय टोलीका कप्तान रोहित पौडेल, प्रशिक्षक स्टुआर्ट ल, महिला टोलीकी कप्तान इन्दु बर्मा, उपकप्तान पूजा महतो, प्रशिक्षक हर्षल पटेल र क्यान अध्यक्ष चतुरबहादुर चन्द सहभागी थिए।
ट्रफी सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले विश्वकपको ट्रफी नेपाल आउनु देशका लागि गौरवपूर्ण क्षण भएको बताए। यो ऐतिहासिक अवसरले नेपाल विश्व क्रिकेटको केन्द्रतर्फ अग्रसर भइरहेको सन्देश विश्वभर फैलाएको पौडेलको भनाइ थियो।
राष्ट्रपति पौडेलले भने, ‘नेपाल आज खेलप्रेमी राष्ट्रको रूपमा सशक्त तवरले स्थापित हुँदै गएको छ, क्रिकेटले देशलाई एकतामा बाँध्ने महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ, यसको व्यावसायिक विकाससँगै खेल क्षेत्रमार्फत नेपाली युवाहरूको उज्ज्वल भविष्य निर्माण हुने आधारसमेत सुदृढ बन्दै गएको छ।’
राष्ट्रपति पौडेलले आवश्यक संरचना, अवसर र सम्भावनाहरू क्रमशः विकास हुँदै जानु नेपाली खेलकुद क्षेत्रका लागि सकारात्मक संकेत भएको बताए।
राष्ट्रपति पौडेलले नेपालमा आयोजना हुन लागेको महिला विश्वकप छनोट प्रतियोगिता तथा भारत र श्रीलंकामा आयोजना हुने टी-२० विश्वकपमा सहभागी हुने महिला तथा पुरुष राष्ट्रिय क्रिकेट टोलीलाई उत्कृष्ट प्रदर्शनका लागि शुभकामना समेत दिएका छन्।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
- रोहितको शतकमा नेपाल विजयी
- रोहितको शतक, क्यानडालाई नेपालले दियो २३६ रनको लक्ष्य
- बडादसैँ सुरु, आज घटस्थापना
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
प्रतिकृया दिनुहोस