खेल
नेपालले नामिबियासँग एक दिवसीय क्रिकेट सिरिज खेल्ने
- गाउँ सहर संवाददाता
- ३० चैत सोमबार, २०७७ | ०८:०२:०० मा प्रकाशित
काठमाडाैं । नेपालले नामिबियासँग एक दिवसीय क्रिकेट सिरिज खेल्ने भएको छ ।
नेपाल क्रिकेट सङ्घ क्यानले आउँदो मे महिनाको तेस्रो हप्ता नामिबियासँग एक दिवसीय सिरिज खेल्ने पक्का गर्दै त्यसको तयारी तीव्र बनाउने निर्णय गरेको छ ।
नामिबियासँग खेल्नुअघि नेपालले नेदरल्याण्ड्स र मलेसियासँग त्रिदेशीय सिरिज खेल्दैछ ।
यस्तै हिजो बसेको क्यानको बैठकले राष्ट्रिय महिला टोलीलाई मैत्रीपूर्ण खेलको लागि भारत भ्रमणमा पठाउने पनि निर्णय गरेको छ । नेपाली महिला टोलीले उत्तराखण्ड महिला क्रिकेट टिमसँग मैत्रीपूर्ण खेल खेल्नेछ ।
यस्तै बैठकले नेपाली टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी जगत टमाटालाई दिएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
- राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश जारी
- दशैँको छैटौँ दिन माता कात्यायनीको पूजा गरिँदै
- ४ हजार ९९९ रुपैयाँमै नेपाल टेलिकमको वार्षिक इन्टरनेट प्याकेज
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
प्रतिकृया दिनुहोस