मलेसियालाई हराउदै नेपाल एसीसी यू–१९ प्रिमियर कप क्रिकेटको फाइनलमा
- गाउँ सहर संवाददाता
- १३ मङ्सिर शनिबार, २०८२ | १५:२६:०० मा प्रकाशित
काठमाडौं । एसीसी यू–१९ प्रिमियर कप क्रिकेटको फाइनलमा पुगेको छ । ओपनिङ बलरद्वय नितेशकुमार पटेल र चन्दन रामले उत्कृष्ट बलिङ प्रदर्शन गरेपछि नेपालले यूएईमा भइरहेको प्रतियोगितामा शनिबार सेमिफाइनलमा मलेसियालाई ९ विकेटले पराजित गर्यो ।
नेपालले टस जितेपछि ब्याटिङको निम्तो पाएको मलेसिया अजमान स्थित सेभेन ड्रिस्ट्रिक ग्राउन्ड २ मा केवल १७.२ ओभर खेली ५१ रनमा धराशायी भएको थियो । नितेशले ८ ओभरमा २ मेडन राख्दै २४ र चन्दनले ५ ओभरमा १ मेडन राख्दै १७ रन खर्चेर ३ विकेट लिए । अपराजित पौडेल कप्तान अशोक धामी र रोशन विश्वकर्माले १–१ विकेट लिए ।
मलेसियाबाट नवौं नम्बरमा ब्याटिङ गरेका मोहम्मद फाथुल मुइनले ११ र हम्जाह पांगीले १३ रन बनाउनु बाहेक अन्यले दोहोरो स्कोर बनाउन सकेनन् । मलेसिया आठौँ ओभरमा १३ रन बनाउँदा ७ विकेट गुमाईसकेको अवस्थामा यी दुईले इनिङ्सलाई केही लम्बाएका थिए ।
निरजकुमार यादव ४ रनमा आउट भए पनि नेपालले ८ ओभर भित्रै ५५ रन बनाए । वंश क्षेत्री १७ बलमा ७ र निश्चल क्षेत्री १४ बलमा १० रन बनाई अविजित रहे ।
साउदी अरेबिया र हङकङलाई पराजित गर्दै नेपाल समूह विजेता भएर सेमिफाइनल पुगेको थियो । शनिबार नै भइरहेको यूएई र ओमानबीचको अर्को सेमिफाइनलको विजेतासँग नेपालले फाइनल खेल्ने छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
- चीनको तिब्बतमा पुन: ड्याम फुट्यो, सतर्कता अपनाउन आग्रह
- आज जनैपूर्णिमा र रक्षाबन्धन पर्व मनाइँदै, यसकारण लगाइन्छ जनै र रक्षाबन्धन
- विपत्तिमा कोटेश्वर क्याम्पसको साथ, बाढीपीडितका लागि ५१ हजार सहयोग
- सर्वदलीय बैठक: १० बुँदे सर्वदलीय संकल्प, उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन
- भोटेकोशी बाढी प्रभावितका नाममा जथाभावी आर्थिक सहयोग संकलन नगर्न र नगराउन आग्रह
- ‘यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न’ : बाढीपीडितलाई प्रधानमन्त्री शाहको ढाडस
- डीडीसीले सुरु गर्यो घिउ निर्यात
- नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्की
- बागमतीमा ६ मन्त्रीले लिए शपथ
प्रतिकृया दिनुहोस