बिहीबारको सेयर कारोबारमा नेप्से परिसूचक सामान्य अंकले बढ्याे
- गाउँ सहर संवाददाता
- २६ चैत बिहीबार, २०७७ | १६:१०:०० मा प्रकाशित

काठमाडौं । बिहीबारको सेयर कारोबारमा नेप्से परिसूचक सामान्य अंकले बढेकाे छ । यस दिन नेप्से २.७४ अंकले बढेर २६७४.३६ अंकमा पुगेको छ ।
यसदिन दिन दोस्रो बजारका लगानीकर्ताहरु फाइनान्स तथा लघुवित्त कम्पनीहरुतर्फ आकर्षित भएको देखिएको छ ।
यो दिन १ करोड ३२ लाख ४३ हजार ३६५ कित्ता सेयर ६ अर्ब ४७ करोड ३४ लाख १६ हजार २७३ रुपैयाँ ९५ पैसामा कारोबार भएको छ ।
आजको कारोबारमा सबैभन्दा बढी कमाउने शीर्ष कम्पनीमा एनआइसी एशिया लघुवित्त, ग्रीन लाइफ हाइड्रोपावर, ज्योति लाइफ इन्स्योरेन्स, मल्टिप्रपोज फाइनान्स र रिलायन्स फाइनान्स छन् । त्यसैगरी सबैभन्दा बढी गुमाउने शीर्ष कम्पनीमा युनिभर्सल पावर कम्पनीि, रसुवागढी हाइड्रोपावर, अजोड इन्स्योरेन्स, एनआइस एसिया ग्रोथ र पञ्चकन्या माइ हाइड्रोपावर कम्पनी छन् ।
कारोबार रकमका आधारमा यस दिन अपर तामाकोशी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ३६ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। त्यसैगरी, यसदिन नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नेपाल बैंक र चन्द्रागिरी हिल्सको २० करोडाभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।
बिहीबार २०७ कम्पनीको ७१ हजार २४१ पटकको कारोबारमा ६ अर्ब ५५ करोड ६६ लाख १६ हजार रुपैयाँ बराबरको १ करोड ३३ लाख ७६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । अघिल्लो दिनको तुलनामा यस दिनको कारोबार रकम भने केही घटेको हो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
प्रतिकृया दिनुहोस