गाउँ सहर

पत्रकार महाेदय ! याे फाेहाेरचाहिँ कसले सफा गरिदिन्छ ? (हेर्नुहाेस् तस्बिर र भिडिओ)

काठमाडाैं । नेपाल पत्रकार महासङ्घको नयाँ नेतृत्व चयनका लागि आज मतदान सम्पन्न भएकाे छ । काठमाडाैं उपत्यकासहित देशभर महासङ्घले तोकेको केन्द्रमा बिहान ९ बजेदेखि मतदान भयाे । उम्मेद्वारी दिएका पत्रकारहरूले प्रचारप्रसार क्रममामा पर्चा पम्पल्लेट, ब्यानरहरू बाँड्ने क्रममा काठमाडाैंकाे प्रज्ञा भवन परिसरका भूँइ कागजले भरिएकाे छ । 

मतदान सम्पन्न भइसकेर केही घण्टासम्म पनि भूँइभर पर्चा पम्पलेट छरपष्ट देखिन्छन् । मतदाताहरू घर फर्किए पनि उम्मेद्वार केही सुभेच्छुकहरू मतदान परिसरमै छन् । तर उक्त छरपष्ट फाेहाेरले मतदानस्थलले उम्मेद्वारहरूलाई जस्काइरहेकाे देखिन्छ । पत्रकारका नेता उम्मेद्वारले सफा गरिहाल्ने छाँटकाँट भने देखिन्न है । 

हेर्नुहाेस् तस्बिर र भिडिओ

 

गाउँ सहर संवाददाता