यतिबेला काठमाडौंकाे वातावरण विश्वकै प्रदूषित, अत्यावश्यक नभइ घरबाहिर निस्कनै नहुने अवस्था
- गाउँ सहर संवाददाता
- २४ चैत मंगलबार, २०७७ | १२:४३:०० मा प्रकाशित

काठमाडौँ । राजधानी काठमाडौँ विश्वकै प्रदूषित सहर हुन पुगेको छ । केही दिन कम भएको नेपालको वायु प्रदूषण फेरि बढेसँगै काठमाडौं पुनः विश्वको प्रदुषित शहरको पहिलो सुँचीमा परेको हो ।
वातावरण विभागका अनुसार प्रदूषण गत साताकै अवस्थामा नपुगे पनि सोमबारदेखि बढिरहेको छ । विभागले यो मात्र अझ बढ्दै गएमा सवारी साधन र उद्योगधन्दा बन्द गरेर भए पनि कम गर्नुपर्ने अवस्था आउन सक्ने बताएको छ ।
अहिले वायु प्रदूषणको गुणस्तरको सूचकको २५१ नम्बरमध्ये काठमाडौँ पहिलो नम्बरमा छ । यो मानवका लागि अति अस्वस्थकर वायुको गुणस्तर हो । काठमाडौँपछि अहिले विश्वमा म्यान्मारको याङ्गुन, थाइल्यान्डको छियाङ माई, दक्षिण अफ्रिकाको जोहानेसवर्ग र पाँचौं नम्बरमा भारतको मुम्बई शहर छ । काठमाडौँबाहेक अति अस्वस्थकर वायु प्रदूषण रहेको अन्य सहरमा नेपालगञ्जको २३० र पोखराको २२२ सूचकाङ्क छ ।
नेपालमा विगत २४ घण्टामा सबैभन्दा बढी अस्वस्थकर वायु धनगढीमा ३७४, चितवनको सौराहामा ३०८ र भरतपुरमा ३०१ नम्बरमा उक्लिएको थियो ।वायुको यो स्तर भनेको मानिसले घरबाहिर निस्कनै नहुने अवस्था हो । अन्य रोगले ग्रस्त भएका बिरामीका लागि यो वायु कालसरह मानिन्छ ।
अति अस्वस्थकरतर्फ आकासिँदै गएको वायु प्रदूषणयुक्त अन्य सहरमा सिमरा, हेटौँडा र भक्तपुर छन् । अन्य करिब १२ सहर पनि अस्वस्थकर वायु प्रदूषणले व्याप्त छ । विगत एक सातादेखि लगातार भारतबाट आएको धुलो हावासँगै बहँदा मुम्बई र दिल्लीका औद्योगिक क्षेत्रको धुवाँसमेत नेपाल भित्रिरहेको मौसमविद्हरुले बताएका छन् ।
सोमबार मध्याह्न एक हजार पाँच सय मिटर तल भिजिबिलिटीको स्तर झरेको थियो । दिउँसो खुलेर बल्ल बल्ल दुई हजार पाँच सय आसपास पुगेको भिजिबिलिटी साँझ ह्वात्तै घटेको मौसम विभागले जनाएको छ । वर्षा नहुनु र डढेलो लाग्नेक्रम बढ्नु नै नेपालमा प्रदूषण थप्ने मुख्य कारक रहेको मौसमविद्हरुको भनाई छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
प्रतिकृया दिनुहोस