गाउँ सहर

देशभरका सम्पूर्ण मतदान केन्द्रहरूमा शान्तिपूर्ण, स्वतन्त्र र उल्लासमय वातावरणमा मतदान कार्य जारी

काठमाडौँ । निर्वाचन आयोगले देशभरका सम्पूर्ण मतदान केन्द्रहरूमा शान्तिपूर्ण, स्वतन्त्र र उल्लासमय वातावरणमा मतदान कार्य जारी रहेको जनाएको छ ।

आयोगका अनुसार अहिलेसम्म देशका कुनै पनि मतदान केन्द्रमा मतदान कार्य अवरुद्ध नभई सबै स्थानमा सुचारु रूपमा मतदान भइरहेको छ । मतदानको पछिल्लो अवस्थाबारे जानकारी दिँदै निर्वाचन आयुक्त जानकीकुमारी तुलाधरले मतदाताहरू उत्साह र उल्लासका साथ मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरिरहेको बताइन् ।

आयुक्त तुलाधरका अनुसार यसपटक आयोगले मतदान केन्द्रहरूलाई विशेष रूपमा पहुँचयोग्य बनाउने व्यवस्था गरेको छ । सबै वर्ग, समुदाय तथा क्षमताका नागरिकले सहज रूपमा मतदान गर्न सकून् भन्ने उद्देश्यले मतदान स्थलको निर्माण र व्यवस्थापनमा विशेष ध्यान दिइएको उनको भनाइ छ ।

मतदानको समय साँझ ५ बजेसम्म तोकिएको उल्लेख गर्दै आयोगले समयमै आफ्नो मतदान केन्द्रमा पुगेर अमूल्य मताधिकार प्रयोग गर्न सम्पूर्ण मतदातालाई आग्रह गरेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत