पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरोधमा नेविसंघद्वारा घेराउ तथा बिरोध प्रदर्शन
- गाउँ सहर संवाददाता
- २४ चैत मंगलबार, २०७७ | ०९:०१:०० मा प्रकाशित
काठमाडाैं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा प्रदर्शन गरेको छ । सोमबार नेपाल आयल निगमको केन्द्रीय कार्यालय अगाडि नेविसंघले घेराउ र बिरोध प्रदर्शन गरेको हो ।
बिरोध प्रदर्सनमा नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले कोरोना महामारीपछि जनजीवन असामान्य बनिरहेको, रोजगारी र आयस्रोत गुमेको र जनजीवन झन् कष्टकर बनिरहेको बेला सरकारले मूल्यवृद्धि गरेर जनताको शोषण गरिरहेको बताए ।
अत्यावश्यकीय उपभोग्य बस्तु पेट्रोलियम पदार्थको चरम मुल्य वृद्धि गराउनुले सबै क्षेत्रमा मूल्यवृद्धि गरेर जनताको शोषण गर्न उद्यत भ्रष्ट सरकारको नियत नै जनतालाई दुःख दिने रहेको भन्दै महामन्त्री तिमल्सिनाले निरन्तर खबरदारी गरिने बताए ।
आयल निगमले आइतबार रातिदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । मूल्यवृद्धि भएसँगै पेट्रोलको मूल्य प्रतिलिटर १ सय २० रुपैयाँ पुगेको छ । यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ सय ३ रुपैयाँ पुगेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
- कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश निर्विरोध
प्रतिकृया दिनुहोस