पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरोधमा नेविसंघद्वारा घेराउ तथा बिरोध प्रदर्शन
- गाउँ सहर संवाददाता
- २४ चैत मंगलबार, २०७७ | ०९:०१:०० मा प्रकाशित
.jpeg)
काठमाडाैं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा प्रदर्शन गरेको छ । सोमबार नेपाल आयल निगमको केन्द्रीय कार्यालय अगाडि नेविसंघले घेराउ र बिरोध प्रदर्शन गरेको हो ।
बिरोध प्रदर्सनमा नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले कोरोना महामारीपछि जनजीवन असामान्य बनिरहेको, रोजगारी र आयस्रोत गुमेको र जनजीवन झन् कष्टकर बनिरहेको बेला सरकारले मूल्यवृद्धि गरेर जनताको शोषण गरिरहेको बताए ।
अत्यावश्यकीय उपभोग्य बस्तु पेट्रोलियम पदार्थको चरम मुल्य वृद्धि गराउनुले सबै क्षेत्रमा मूल्यवृद्धि गरेर जनताको शोषण गर्न उद्यत भ्रष्ट सरकारको नियत नै जनतालाई दुःख दिने रहेको भन्दै महामन्त्री तिमल्सिनाले निरन्तर खबरदारी गरिने बताए ।
आयल निगमले आइतबार रातिदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । मूल्यवृद्धि भएसँगै पेट्रोलको मूल्य प्रतिलिटर १ सय २० रुपैयाँ पुगेको छ । यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ सय ३ रुपैयाँ पुगेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
प्रतिकृया दिनुहोस