अर्थतन्त्र
बुधबार रातिदेखि पेट्रोलियम पदार्थको मूल्य घट्यो
- गाउँ सहर संवाददाता
- १८ बैशाख बिहीबार, २०८२ | ०९:१३:०० मा प्रकाशित

काठमाडाैँ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।
निगमका अनुसार बुधबार रातिदेखि लागू हुने गरी प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ, डिजेल र मट्टितेलमा १ रुपैयाँ, हवाइ इन्धन आन्तरिकतर्फ प्रतिलिटर ४ रुपैयाँ र हवाइ इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौँको लागि प्रतिकिलो लिटर २९ अमेरिकी डलरका दरले घटाइएको हो।
हवाइ इन्धन अन्तर्राष्ट्रियतर्फ पोखरा र भैरहवाका लागि ब्रेक इभन प्वाइन्टमा बिक्री मूल्य कायम गरिएको निगमले जनाएको छ।
खाना पकाउने ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत् छ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
प्रतिकृया दिनुहोस