मलेसियाबाट १२ शव आइपुग्यो, शव बुझ्न पुगेका आफन्तलाई पूर्व प्रधानमन्त्री भट्टराईकाे ढाडस
- गाउँ सहर संवाददाता
- २३ चैत सोमबार, २०७७ | ०७:४१:०० मा प्रकाशित
काठमाडौं । वैदेशिक रोजगारीमा गएका नेपालीहरुको शव हरेक दिन नेपाल आइरहेको हुन्छ । आइतवार एकै दिन मलेसियाबाट १२ जना नेपालीको शव नेपाल आएको छ ।
उनीहरूको विभिन्न कारणले मलेसियामा मृत्यु भएको थियो ।
वैदेशिक रोजगार बोर्डका अनुसार महोत्तरीका देवेन्द्रकुमार यादव, नवलपरासीका नुमबहादुर लुंगेली मगर, सर्लाहीका चन्द्रकुमार साह, गोरखाका मेघबहादुर कुँवर र सूर्य विकको शव आइपुगेको हो ।
यसैगरी भोजपुरका भूपाल पाण्डे, पाँचथरका सूर्यबहादुर चौहान, सुनसरीका विष्णु राजधामी र महेन्द्रप्रसाद मेहता, बागलुङका चन्द्रबहादुर विक, बाँकेका विनय कहर र झापाका उज्ज्वल भुजेलको शव आइपुगेको छ ।
स्वदेश आइपुगेका श्रमिकको शवलाई श्रद्धाञ्जली दिन पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।
‘कस्तो दुःखद अवस्था । वैदेशिक रोजगारीमा मलेसिया गएका नेपाली युवाहरूमध्ये १२ जनाको शव एकै दिन त्रिभुवन विमानस्थल आइपुग्यो । तीमध्ये गोरखा सिरानचोक ५ का सूर्य विक (२८ वर्ष) र गोरखा नपा १२ का मेघबहादुर कुँवर (२७ वर्ष) को शव बुझ्न आएका आफन्तहरूको भावविह्वल अवस्था देख्दा कसरी आँसु थामिन्थ्यो र,’ भट्टराईले ट्वीटरमा लेखेका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
प्रतिकृया दिनुहोस