एसिसी यू-१६ इस्ट जोन कपमा मलेसियालाई हराउँदै नेपाल च्याम्पियन
- गाउँ सहर संवाददाता
- १९ असार मंगलबार, २०८० | ११:३६:०० मा प्रकाशित
काठमाडाैं । एसिसी यू-१६ इस्ट जोन कपको फाइनलमा घरेलु टोली मलेसियालाई हराउँदै नेपालले शानदार जित हासिल गरेकाे छ ।
मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा भएको खेलमा नेपालले २ सय २२ रनको सानदार जित हासिल गरेको हो ।
नेपालले तेस्रो पटक उपाधि जितेको हो । जितको लागि २ सय ५३ रनको विशाल विजयी लक्ष्य पछ्याएको मलेसिया १४.४ ओभरमा ३१ रनमा अल आउट भयो ।
मलेसियाका लागि मुहम्मद अक्रमले १२ बलमा १ छक्काको सहयोगमा १० रन बनाउँनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।
नेपालका लागि कप्तान अभिषेक तिवारीले ६ ओभरमा ७ रन खर्चिएर ५ विकेट लिए । सन्तोष यादवले ३ तथा अशोक धामी र सन्तोष गैरेले समान १/१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाएर २ सय ५२ रन बनाएको थियो ।
नेपालका लागि नरेन भट्टले ८९ बलमा १० चौका र २ छक्काको सहयोगमा अविजित १ सय १२ रनको शतकीय ईनिङ खेले । पहिलो विकेटका लागि ओपनरद्वय निरज यादव र सुर्यांशु कोईरालाले ४४ बलमा ४१ रनको साझेदारीका साथ राम्रो सुरुआत दिलाएका थिए । यादवले ४९ बलमा ६ चौकाको सहयोगमा ४७ रन बनाए । कोईरालाले २३ बलमा १८ रन बनाए ।
दोस्रो विकेटका लागि नरेन भट्ट र निरजले ५५ बलमा ५५ रनको महत्वपर्ण साझेदारी गरे । तेस्रो र चौथो विकेटका लागि उल्लेखनिय साझेदारी हुन सकेन । पाँचौं विकेटका लागि सन्तोष यादव र नरेन भट्टले ७६ बलमा १ सय ३ रनको शतकीय साझेदारी गर्दै टोलीलाई बलियो योगफल सम्म पुर्याए ।
सन्तोष यादवले २९ बलमा २ चौकाको सहयोगमा २६ रनको योगदान गरे । अशोक धामीले ७ बलमा १ छक्का सहित १२ रन बनाए ।
मलेसियाका लागि मुहम्मद अक्रमले ३ तथा अरेन अकील र मुहम्मद फदुलले समान १/१ विकेट लिए ।
नेपाल अपराजित रुपमा उपाधी विजेता भएको छ । समूह चरणमा नेपालले थाईल्यान्डलाई २ सय २५ र मलेसियालाई ८४ रनले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो । सेमिफाइनल खेलमा नेपालले सिंगापुरलाई ९७ रनले हराउँदै फाइनल खेलेको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ओमानमाथि नेपालको रोमाञ्चक जित, लिग–२ छैटौँ स्थानमा टुंग्यायो
- कोप–३१ मा जलवायु न्याय र हिमाली संरक्षणलाई प्राथमिकता दिँदै नेपाल
- नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य, रोहित, दीपेन्द्र र देवको अर्धशतक
- एनटी फाइबरको विशेष अफरप्रति ग्राहकको आकर्षण, जडानका लागि १९८ मा कल गर्न सकिने
- नेपाल टेलिकम एनपीएल सिजन–३ को अफिसियल टेलिकम पार्टनर
- तिथिको घटबढले दुई दिन महाअष्टमी, आज पनि दुर्गा भवानीको विशेष पूजा
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
प्रतिकृया दिनुहोस