विश्वकप छनोटकाे दाेस्राे खेलमा नेपालले आज मलेसियासँग खेल्दै
- गाउँ सहर संवाददाता
- १४ कार्तिक मंगलबार, २०८० | ०८:०९:०० मा प्रकाशित
काठमाडौं । घरेलु मैदानमा सोमबारदेखि सुरु भएको आईसीसी टी-२० विश्वकप एसिया छनोटअन्तर्गत समूह ‘ए’को दोस्रो खेलमा नेपालले आज मलेसियासँग खेल्दैछ ।
कीर्तिपुर क्रिकेट मैदानमा दिउँसो साढे १ बजे सुरु हुने खेलमा नेपाल लगातार दोस्रो जितको प्रयासमा हुने छ ।
यसअघि नेपालले पहिलो खेलमा सोमबार सिंगापुरलाई ८ विकेटले हराएको थियो। मलेसिया भने पहिलो खेलमा ओमानसँग ३२ रनले पराजित भएको थियो । मंगलबारको खेल जितेमा नेपाल सेमिफाइनल नजिक पुग्ने छ ।
आजै समूह ‘ए’अन्तर्गत ओमान र सिंगापुरबीच बिहान ९ बजे खेल सुरु हुनेछ । यदि ओमान र नेपाल दुवै विजयी भएमा समूहको अन्तिम खेलअघि नै सेमिफाइनलमा स्थान पक्का गर्नेछन् ।
यस्तै नेपालको नजर जितका साथै नेट रनरेटमा पनि हुनेछ । ८ टोली सहभागी छनोटमा दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् भने सेमिफाइनल पुग्ने दुई टोली अर्को वर्ष वेष्ट इन्डिज र अमेरिकामा हुने टी-२० विश्वकपमा छनोट हुने प्रावधान छ ।
त्यसैले अहिले नेपाली टोली ९ वर्षपछि फेरि टी-२० विश्वकपमा पुग्ने एक मात्र लक्ष्यका साथ खेलिरहेको छ ।
मंगलबार कुल चार खेल हुनेछ । ओमान र सिंगापुरबीचको खेल टीयू मैदानमै बिहान ९ बजे सुरु हुनेछ । यस्तै समूह ‘बी’अन्तर्गत बहराइन र हङकङबीचको खेल मुलपानी मैदानमा बिहान ९ बजे सुरु हुनेछ । मुलपानी मैदानमै यूएई र कुवेतबीचको खेल दिउँसो सवा १ बजे सुरु हुनेछ ।
चिरपरिचित प्रतिद्वन्द्वी
पछिल्लो पटक नेपालले लगातार मलेसियालाई हराउँदै आएकोले आजको खेलमा पनि सोही लय कायम राख्दै जित निकाल्ने नेपालको योजना छ ।
तर मलेसियाविरुद्ध पछिल्लो भेटमा शतक प्रहार गर्दै अलराउण्ड प्रदर्शन गरेका दीपेन्द्र सिंह ऐरी भने आज खेल्ने छैनन् ।
नेपालका लागि मलेसिया नयाँ प्रतिद्वन्द्वी होइन । नियमित अन्तरालमा यी दुई टोलीबीच खेल हुँदै आएको छ । केही खेलमा मलेसियाले टक्कर दिए पनि नतिजामा नेपाल नै हाबी छ ।
टी-२० अन्तर्राष्ट्रियमा यी दुई टोलीबीच अहिलेसम्म ८ खेल भएकोमा नेपालले ७ खेल जितेको छ । मलेसियाले एक खेल मात्र जितेको छ ।
सन् २०२० यताको पछिल्लो पाँच टी-२० आई खेलको नतिजा हेर्दा नेपाल चार खेलमा विजयी भएको छ ।
नेपाल र मल्सियाबीच २०२१ र २०२२ मा त्रिकोणात्मक टी-२० शृङ्ला हुँदा कीर्तिपुरमा चार खेल भएको थियो र सबै खेल नेपालले जितेको थियो ।
२०२१ मा भएको त्रिकोणात्मक शृङ्लामा नेपालले मलेसियालाई ९ विकेट र ६९ रनले हराएको थियो भने २०२२ को शृङ्लामा नेपाल ६ विकेट र ८५ रनले विजयी भएको थियो ।
सन् २०२० को फेब्रुअरीमा भएको एसीसी इस्टर्न रिजन टी-२० मा मलेसियाले नेपाललाई २२ रनले हराएको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ओमानमाथि नेपालको रोमाञ्चक जित, लिग–२ छैटौँ स्थानमा टुंग्यायो
- कोप–३१ मा जलवायु न्याय र हिमाली संरक्षणलाई प्राथमिकता दिँदै नेपाल
- नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य, रोहित, दीपेन्द्र र देवको अर्धशतक
- एनटी फाइबरको विशेष अफरप्रति ग्राहकको आकर्षण, जडानका लागि १९८ मा कल गर्न सकिने
- नेपाल टेलिकम एनपीएल सिजन–३ को अफिसियल टेलिकम पार्टनर
- तिथिको घटबढले दुई दिन महाअष्टमी, आज पनि दुर्गा भवानीको विशेष पूजा
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
प्रतिकृया दिनुहोस