स्वास्थ्य

२ हजार ७२७ जनाको पिसिआर परीक्षण गर्दा कोरोनाका १२८ नयाँ संक्रमित थपिए, १६१ निको भए, एकको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा २ हजार ७२७ जनाको पिसिआर परीक्षण गर्दा कोरोनाका १२८ नयाँ संक्रमित थपिएका छन् । १६१ जना निको भए तर एकको मृत्यु भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएका सहित कुल संक्रमितको संख्या २ लाख ७७ हजार ७६८ र निको हुनेको कुल संख्या २ लाख ७३ हजार १२३ पुगेको छ ।

आजसहित कुल मृतकको संख्या ३ हजार ३२ पुगेको छ ।

मन्त्रालयका अनुसार अहिले देशमा सक्रिय संक्रमितको संख्या १ हजार ६१३ छ भने क्वारेन्टाइनमा रहनेको संख्या ५९ छ ।

गाउँ सहर संवाददाता