विवेकशील साझा पार्टीको युवा संगठन समायोजन, अब विवेकशील साझा युवा संगठन रहने
- गाउँ सहर संवाददाता
- २० चैत शुक्रबार, २०७७ | १४:०८:०० मा प्रकाशित
काठमाडाैँ। विवेकशील साझा पार्टीको युवा संगठन समायोजन कार्यदलले पार्टीका दुई युवा संगठन समायोजन गरेको छ। पूर्व साझा पार्टी निकट साझा युवा संगठन र पूर्व विवेकशील नेपाली दल निकटको नव युवा सञ्जाल समायोजन भई विवेकशील साझा युवा संगठन गठन भएको हो।
समायोजित संगठनमा दुवै पक्षबाट समानताका आधारमा ६ जना पदाधीकारी, केन्द्रीय सचिवालयमा २८ जना र केन्द्रीय समितिमा ६६ जना सदस्य रहनेछन्। प्रदेश र जिल्ला समितिहरु पनि सम्मानजनक सहभागिताका आधारमा समायोजन गरिने घोषणापत्रमा उल्लेख छ। २०७८ सालको आश्विनमा युवा संगठनको प्रथम महाधिवेशन सम्पन्न गर्ने तयारी गरिएको छ।
समायोजन घोषणापत्रमा हस्ताक्षर कार्यक्रममा बोल्दै पार्टी संयोजक मिलन पाण्डेले मुलुकको संविधान, संवैधानिक लोकतन्त्र, नागरिक सर्वोच्चतालाई शिरोपर गर्दै वैकल्पिक राजनीतिलाई सशक्त रुपमा अघि बढाउन र युवा वर्गमा आकर्षण ल्याउन सिर्जनशील सुसंस्कृत राजनीतिक केन्द्रको रुपमा विवेकशील साझा युवा संगठन उभिने बताए।
विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले दुई युवा संगठन समायोजन प्रती खुशी व्यक्त गर्दै यसबाट देश विदेशमा रहेका आम युवाहरुलाई पार्टीमा आकर्षित गर्न सघाउ पुग्ने बताए। उनले यस समायोजनले युवा संगठनलाई देशव्यापी विस्तार गर्न सुसँस्कृत राजनीति कल्याणकारी लोकतन्त्र स्थापित गर्न र नेपालको राजनीतिक रुपान्तरणमा इँटा थप्ने विश्वास व्यक्त गरे।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
प्रतिकृया दिनुहोस