निर्वाचन आयोगको निर्णयबारे विवेकशील साझा पार्टीले यसाे भन्याे
- गाउँ सहर संवाददाता
- १८ कार्तिक बिहीबार, २०७८ | १३:४३:०० मा प्रकाशित

काठमाडाैँ । विवेकशील साझा पार्टीले तिहार, नेपाल संवत् ११४२ तथा छठ पर्वको शुभकामना दिँदै अब काम कारबाही नयाँ विधान अनुरूप अघि बढ्ने बताएकाे छ ।
जारी विज्ञप्तिमा उसले भनेकाे छ, "गत कार्तिक ११ गते अध्यक्ष रवीन्द्र मिश्रको अध्यक्षतामा बसेको पार्टीको केन्द्रीय समितिको बैठकले अन्य निर्णयहरूका अलावा दुई-तिहाइ भन्दा बढी मतका साथ पार्टीको नयाँ विधान पारित गरेको थियो । साथै, केन्द्रीय समिति सदस्यहरूको सङ्ख्या (५ जनाको राजीनामा र एक जनाको देहावसानका कारण) अब १२४ रहेको जानकारी गराएको थियो । यी दुवै विषयबारे निर्वाचन आयोगलाई जानकारी गराई आयोगको रेकर्ड अद्यावधिक गराउन आवश्यक थियो । हामीले निर्वाचन आयोगलाई त्यसै अनुरूप पत्राचार गरेका थियौँ । हिजो कात्तिक १७ गते बुधवार निर्वाचन आयोगले कानुन बमोजिम “विवेकशील साझा पार्टीको विधान २०७८” र केन्द्रीय समितिमा हेरफेर भएको विवरण सदर गरी आयोगको रेकर्ड अद्यावधिक गरेको जानकारी दिएको छ । अब उप्रान्त हाम्रो काम कारबाही नयाँ विधान अनुरूप अघि बढ्नेछ । साथै केन्द्रीय समितिको कूल सदस्य सङ्ख्या १२४ मानिनेछ ।"
उसले अन्त्यमा अब पार्टीको काम कारबाही अघि बढाउन कुनै कानुनी अवरोध छैन । अध्यक्ष रवीन्द्र मिश्रले फरक मत राख्ने पार्टीका साथीहरूलाई विमति भए पनि केन्द्रीय समितिको अत्यधिक बहुमत र निर्वाचन आयोगको निर्णयलाई सम्मान गर्न विनम्र आग्रह गरेकाे कुरा उल्लेख गरेकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस