कोरोना प्रभावित उद्यम उद्धारमा ध्यान देऊ - केन्द्रीय उद्यमशील विभाग, विवेकशील साझा पार्टी
- गाउँ सहर संवाददाता
- २ असार बुधबार, २०७८ | १५:२४:०० मा प्रकाशित

काठमाडाैँ । सङ्घीय सरकारको बजेट तथा प्रदेश सरकारहरूले बजेटमा कोरोना महामारीबाट प्रभावित उद्यमीहरूको उत्थान र उद्धारका लागि कुनै कदम नचालिएकोप्रति विवेकशील साझा पार्टीले गम्भीर ध्यानाकर्षण भएको बताएकाे छ ।
उसले विज्ञप्ति जारी गरी सङ्घीय सरकारको बजेटमा परेका उद्यमी केन्द्रित कार्यक्रमको यथाशीघ्र कार्यान्वयनसँगै, प्रदेश सरकार र स्थानीय सरकारहरूलाई पनि उद्यमीहरूको स्थिति अध्ययन गर्न र तत्अनुरूपका कार्यक्रम ल्याउन अनुरोध गरेकाे छ ।
केन्द्रीय उद्यमशील विभाग प्रमुख आशुतोष प्रधानद्वारा जारी विज्ञप्तिमा बन्दाबन्दीको समयमा सम्पूर्ण साना-मझौला उद्योग तथा उद्यमीहरूका लागि समेत विशेष परियोजना र राहत प्याकेज ल्याउन जोडदार अपिल गरिएकाे छ ।
विज्ञप्तिमा भनिएकाे छ, "यस्ता सहायता परियोजना ल्याउँदा व्यवसाय नवीकरणमा छुट, बैङ्क ऋण तिर्ने समय थप तथा ऋण मोचन, नव उद्यमीहरूलाई न्यून ब्याजदरमा ऋण प्रदान लगायतका विषय समेट्न जरुरी छ । पूर्ण क्षति व्यहोरेका कतिपय नव-उद्यमीहरूलाई तिनै तहका सरकारको समन्वयमा संरक्षणको नीति र कार्यक्रम लिएर आउन हामी विनम्र अनुरोध गर्दछौँ ।"

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस