डिशहोमको नयाँ “खुशीको उडान” योजनामा बैंकक जाने मौका
- गाउँ सहर संवाददाता
- १९ चैत बिहीबार, २०७७ | १२:१४:०० मा प्रकाशित

काठमाडाैँ । डिशहोमले नेपालीहरुको विभिन्न उत्सवहरुलाई मध्यनजर गर्दै “खुशीको उडान” योजना सुरु गरेको छ ।
आफ्ना सक्रिय ग्राहकहरुलाई अझ गुणस्तरीय सेवा दिने लक्ष्यका साथ यस योजना अघि सारिएको उसले बताएकाे हो ।
यस योजनाले हरेक सक्रिय ग्राहकहरुलाई हरेक बिहीबार खास उत्साह र खुशी प्रदान गर्ने उसले बताएकाे छ ।
योजना अन्तर्गत हरेक हप्ताको बिहीबार हुने लक्की ड्र बाट दुई भाग्यशाली जोडीहरुले बैंककको भ्रमण गर्न सक्नेछन् । लक्की ड्रमा सहभागीता जनाउनलाई ग्राहकहरुले आफ्नो सदस्यतालाई डिशहोमका डिलरहरु मार्फत फन्ड ट्रान्सफरबाट टप अप गर्नु पर्नेछ । साथै इ–वालेट एपस् र रिचार्ज कार्डहरुबाट रिचार्ज गरेर पनि ग्राहकहरु यस योजनामा सहभागी हुन सक्नेछन् । लक्की ड्रको घोषणा हरेक बिहीबार हुनेछ ।
लक्की ड्रको विजेताहरुको घोषणा ग्राहकहरुको सेटअप बक्समा भएको क्यास आइडीको आधारमा गरिनेछ । लक्की ड्रको सुरुवात चैत २६, २०७७ देखि हुनेछ भने डिशहोमका रियालिटी टिभी, रमाइलो टिभी, सरोकार टिभी र डिशहोम सोकेस च्यानलहरुमा हरेक बिहीबार पाँच बजे प्रत्यक्ष प्रसारण पनि गरिने डिशहाेमले जनाएकाे छ ।
सक्रिय ग्राहकहरुले आफ्नो नजिकैको डिशहोम डिलर वा डिशहोम ग्राहक सेवा केन्द्रमा सम्पर्क गरी योजनाका बारेमा थप आधिकारिक जानकारी प्राप्त गर्न सक्ने उसले बताएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस