अर्थतन्त्र

मुक्तिनाथ विकास बैंकको क्यूआर सेवा अटो रिक्सामा

काठमाडाैं । मुक्तिनाथविकास बैंक लिमिटेडको क्यूआर सेवा अटो रिक्सामापनि सूरु भएको छ । गोपिगञ्ज, टाँडी, धनकुटा र  काकडभिट्टाको विभिन्न रुटमा कुद्ने अटो रिक्साहरुमा क्यूआर कोडबाट अनलाइनानै भुक्तानी गर्न मिल्ने भएको छ र यस कार्यबाट रिक्साचालक तथा यात्रु दुबैले लाभ लिन सक्नेछन् ।

यस कार्यबाट अटो रिक्सामा चढ्ने यात्रुहरुले भाडा बापतको रकम रिक्सामाभएको क्यू.आर कोड स्क्यान गरी भुक्तानीगर्न सक्नेछन् ।  क्यूआर कोडबाट सुरक्षित रुपमा भुक्तानी गर्ने गराउने सम्बन्धमा बैंकका शाखा प्रबन्धकहरुले अटो रिक्साका चालकहरुलाई आवश्यक प्रशिक्षण समेत गरेका थिए ।  

विकास बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहनगर्न VISA Network अन्तर्गतको जुनसुकै बैंकको ATM बाट विनाकुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ । त्यसै गरी मोबाईल बैंंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाताखोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा आदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ । 

गाउँ सहर संवाददाता