स्वास्थ्य

३ हजार ९१९ को पिसिआर टेस्ट गर्दा १६२ संक्रमित थपिए, ३८ जना आइसियू र ५ जनाको भन्टिलेटरमा उपचार हुँदै

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाका नयाँ संक्रमित १६२ जना थपिएका छन् । थपिएकासहित कुल संक्रमितको संख्या २ लाख ७७ हजार ३०९ पुगेको छ । 

कोरोनाबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शुन्य छ । अहिलेसम्म कुल मृतकको संख्या ३ हजार ३० रहेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा स्वास्थ्य लाभ गर्नेको संख्या ५९ छ । योसहित कुल स्वास्थ्य लाभ गर्नेको संख्या २ लाख ७२ हजार ७८६ पुगेको छ । 

मन्त्रालयका अनुसार आजसम्म २२ लाख ७१ हजार ३२७ को पिसिआर टेस्ट भएको छ । अहिले देशभरका आइसोलेशनमा १ हजार ४९३ र क्वारेन्टाइनमा रहनेको संख्या ५९ छ ।

छिमेक राष्ट्रहरुमा संक्रमण बढेसँगै मन्त्रालयले सावधानी अपनाउन आग्रह गरेको छ । सीमा नाकामा कडाईसँगै चेकजाँच समेत बढाइएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत