माई पूजा र कौरा नृत्य सहित नेपाल मगर संघ पोखरा –२६ को होली
- गाउँ सहर संवाददाता
- १५ चैत आइतबार, २०७७ | १८:०६:०० मा प्रकाशित

लेखनाथ । आफनो कला र संस्कृितको रक्षा गर्दै जातीय एकतालाई निरन्तरता दिने उद्धेश्यले पोखरा महानगरपालिका वडा नं २६ को नेपाल मगर संघ वुढीबजार ईकाई समितिले उत्साहजनक तरिकाले फागु पूर्णिमा पर्व मनाएको छ ।
सात वहिनी माइ मन्दिर गुदेताल किनारमा रहेको आफनो सामुदायिक भवनमा जम्मा भई परापुर्वकालदेखि चल्दै आएको संस्कृतिलाई आत्मसाथ गर्दै माई देवीको पूजा पाठ र विविध सास्कृतिक कार्यक्रम गरी उनीहरुले फागु पूर्णिमा पर्व मनाएका हुन् ।
कार्यक्रममा नेपाल मगर संघ वुढिबजार ईकाई समितिका अध्यक्ष राम बहादुर रानामगरले आफ्नो विचार राख्दै वसन्त ऋतुको आगमन र खेतीबालीको समय आउन लागेको, केही दिनदेखि मौसममा खरावी हुँदै तुवालोले ढाकिएको,ठाउँठाउँमा वनजङ्गलमा आगलागी भएकाले माई देवीको पुजा पाठले आकासबाट पानी पर्ने र वतावरण स्वच्छ हुने विश्वास व्यक्त गरे ।
आफनो कला र संस्कृितको संरक्षण गर्ने उद्धेश्यले हरेक वर्ष होलीकादिन समाजले मनाउँदै आएको पर्वलाई यो वर्ष पनि निरन्तरता दिएको हो ।
मगर समुदायको मौलिक संस्कृतिका रुपमा रहेको यो पर्वमा माई देवीको पूजापछि मिठा मिठा परिकार खुवाउने साथै नाँचगान गरेर रमाईलो गर्ने प्रचलन रहँदै आएको छ ।
नेपाल मगर संघ बुढिबजार ईकाई समितिका अध्यक्ष रामबहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रममा कार्यबाहक सचिव केश गुर्माछान मगरले माई देवीको पूजापछि गरिने कौरा नृत्यले मगर समुदायको मौलिक संस्कृतिलाई बचाउँदै मनोरञ्जन समेत प्रदान गराउने विचार राखेका थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
प्रतिकृया दिनुहोस