गाउँ सहर

२०औं लेखनाथ महोत्सव सुरु, पर्यटन र स्थानीय उत्पादनलाई महत्त्व दिन मुख्यमन्त्री पाण्डेकाे आग्रह

लेखनाथ । कास्कीको लेखनाथमा विहिवारदेखि २०औं संस्करणको लेखनाथ महोत्सव सुरु भएको छ ।लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा सुरु भएको महोत्सवको उद्घाटन गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्रराज पाण्डेले गरेका छन् ।

‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने मुल नाराका साथ सुरु भएको महोत्सवमा राखिएको  बुद्धको मुर्ति अगाडि  विश्व शान्तिको कामना गर्दै राखिएको दिप प्रज्वलन गर्दै मुख्यमन्त्री पाण्डेले  महोत्सवलाई पर्यटन र स्थानीय उत्पादनसँग जोड्नुपर्ने वताए। उनले आर्थिक गतिविधि बढाउन महोत्सवको योगदान महत्वपूर्ण रहने बताउँदै यस क्षेत्रको पर्यटनलाई पनि सँगै जोडेर  लैजान आग्रह गरे  ।

मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश धेरै पर्यटकीय सम्भावना बोकेको स्थल भएको उल्लेख गर्दै पर्यटन नै प्रदेशको समृद्धिको महत्वपूर्ण आधार भएकाले यसको विकासका लागी स्थल र हवाई कनेक्टीभिटी विकास हुनुपर्ने वताएका थिए ।

यस क्षेत्रमा निर्माणधिन सडकहरु आगामी एक वर्ष भित्रमा सम्पन्न भईसक्ने त्यस पछि सडक मार्गबाट आवत जावत गर्न कुनै असुविधा नहुने बताउदै पोखराबाट अन्तराष्ट्रिय उडानका लागि सवै तहमा लभिङ भएको जानकारी गराएका थिए । 

सोही अवसरमा गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज आधिकारीले निजी क्षेत्रबाट संचालन गरिएका यस प्रकारका मेला तथा महोत्सवले अर्थतन्त्र  चलाएमान वनाउदै युवाहरुले स्वदेशमा नै केही गर्न सकिने सन्देश दिन सकिने वताएका थिए । 

कार्यक्रममा पोखरा महानगरपालिकका प्रमुख धनराज आचार्यले यस प्रकारका मेला तथा महोत्सवले  आफनो ठाउको पहिचान गराउन सहयोग पुगेको र कवि शिरोमणि लेखनाथको नामवाट परिचित यस क्षेत्रको विकासका लागि साझा अवधारणको खाचो औल्याएका थिए ।

सोही अवसरमा आयोजक सस्था लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठले लेखनाथ उद्योग वाणिज्य संघले २०५८ साल देखि सुन्तला प्रदर्शनीबाट सुरु गरेको महोत्सवलाई समयानुकूल परिष्कृत गर्दै २० सस्करणसम्म आईपुग्दा चुनौतीका वावजुत पनि अवसरका रुपमा महोत्सव गर्दै आएको र महोत्सवले यस क्षेत्रको पहिचान,यहाँ उत्पादित वस्तुहरुको बजारीकरण र पर्यटन बिकासमा सहयोग पुगेको विश्वास दिलाएका थिए ।

महोत्सव उद्घाटन समारोहमा गण्डकी प्रदेशका बन तथा वातावरण मन्त्री भेष बहादुर पौडेलले बैक तथा वित्तीय क्षेत्रमा देखिएको तरलतालाई लगानीको क्षेत्रमा वढवा दिनका लागि राज्यले लगानीमैत्री वातावरण सृजना गर्ने कार्ययोजना ल्याउन लागेको वताएका थिए भने राष्ट्रिय बाणिज्य बैकका उप कार्यकारी अधिकृत विमल ढंगोलले महोत्सवले लिएको नाराले आर्थीक तथा सामाजिक क्षेत्रको बिकासमा सहयोग पुग्ने धारणा राखेका थिए ।

कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य तारा बहादुर कार्की, म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष सुमित श्रेष्ठ,नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष विश्व प्रकास लामिछाने,झाँकी ¥याली ब्यवस्थापन उप समितिकी संयोजक बुद्धि कुमारी थापा मगर र संघका उप महासचिव भरतराज ओझा लगायतले आ आफनो भनाई राखेका थिए ।

संघका अध्यक्ष विनोद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको संचालन संघकी महासचिव जानुका पराजुली अधिकारी र धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाले गरेका थिए ।

माघ १ गते सम्म चल्ने महोत्सवमा स्थानीय उत्पादन, लघु, घरेलु तथा साना उद्योगहरुको प्रवद्र्धन, आवश्यक ज्ञान, सिप, उद्यमशिलता र प्रविधि हस्तान्तरण, राष्ट्रिय तथा अन्तराष्ट्रिय मुलुकहरुमा उत्पादित औद्योगिक एवं दैनिक उपभोग्य वस्तु तथा सेवाहरुको प्रवद्र्धनका लागि तीन सय ३६ वटा स्टलहरु रहेका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत