हाम्राे बहुमुखी पाठशालामा आगलागी हुँदा ३५ लाख बराबरको क्षति
- गाउँ सहर संवाददाता
- ९ चैत सोमबार, २०७७ | ०८:४९:०० मा प्रकाशित
धनकुटा । धनकुटा नगरपालिका-७ मदनचोकमा रहेको हाम्रो बहुमुखी पाठशालाको भवनमा आगलागी हुँदा ३५ लाख बराबरको क्षति भएको छ । आइतबार राति साढे २ बजेतिर आगोलागी हुँदा पाठशालामा रहेका सबै सामान जलेको प्रहरीले जनाएको छ ।
.jpg)
आगलागीबाट पाठशालाको भवनमा रहेका टपरी बनाउने मेसिन, विद्युतबाट कुखुराको चल्ला निकाल्ने मेसिन, साउण्ड सिस्टम र जातीय भेषभूषा, जातीय गरगहनालगायतका सामानको छ ।
आगलागी भएको दुई घण्टापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयले आगो नियन्त्रणमा लिएका थिए । विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख एसपी गोविन्द अधिकारीले बताए ।
.jpg)
मदन चोकमै रहेको नर्वदेश्वर मन्दिरको जग्गामा तीन वर्षदेखि जस्तापाताको बेरा लगाएर बनाएको एक तले भवनमा पाठशालाले नृत्य, संगीत, चित्रकलालगायतका सीपमुलक तालिम दिँदै आएको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आजदेखि एनपीएलको महासंग्राम, उद्घाटनमै लुम्बिनी र सुदूरपश्चिमको भिडन्त
- एनपीएलको विजेतालाई १ करोड ५० लाख
- दसैँमा उपत्यकामा ९७ करोडको खसीबोका र च्याङ्ग्रा कारोबार
- बडादसैँको अन्तिम दिन: देवी महालक्ष्मीको पूजा आराधना गरिँदै
- आगामी पाँच दिन देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
प्रतिकृया दिनुहोस