सहिद स्मारक 'सी' डिभिजन लिग फुटबलमा आज दुई खेलहरु हुँदै
- गाउँ सहर संवाददाता
- ८ चैत आइतबार, २०७७ | ०७:४०:०० मा प्रकाशित
काठमाडौं । सहिद स्मारक 'सी' डिभिजन लिग फुटबलमा आज दुई खेलहरु हुँदैछ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा चर्च ब्वाइज युनाईटेड र स्वयम्भु क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
समूह 'बी' मा रहेका चर्च र स्वयम्भुबीचको खेल अपरान्ह १२:१५ बजे सुरु हुनेछ ।
आज चर्च ब्वाइज लगातार तेस्रो जितको खोजीमा रहेको छ ।
यस्तै दोस्रो खेलमा झापा एफसी र समाज कल्याण खेलकुद केन्द्रबीच प्रतिस्पर्धा हुनेछ ।
झापा र समाजबीचको खेल दिउसो ३ बजे सुरु हुनेछ । झापा पहिलो जितको खोजीमा रहेको छ । समाज कल्याण भने तेस्रो जितको खोजीमा रहेको छ ।
आगामी चैत २४ गतेसम्म संचालन हुने लिगमा १४ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।
सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष ३ टोलीले सुपर सिक्स चरणमा पुग्ने छन् । सुपर सिक्सको शीर्ष ३ टोली 'बी' डिभिजनमा बढुवा हुनेछ ।
यस्तै समूहको पुछारमा रहेको दुई टिमले प्ले अफ खेल खेल्नेछ । प्ले अफमा पराजित हुने टिम रेलिगेसनमा पर्नेछ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
- राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश जारी
प्रतिकृया दिनुहोस