जीवनशैली

संसारमा हरेक ४० मध्ये एक जुम्ल्याहा, एक वर्षमा १६ लाख जन्मिए

संसारमा हरेक ४० मध्ये एक जुम्ल्याहा बच्चा जन्मिरहेका छन् । वैज्ञानिकले कृत्रिम गर्भाधान अर्थात इन भ्रिटो फर्टिलाइजेशन (आइभीएफ) (जसबाट जन्मिएकोलाई टेस्टट्यूव बेबी भन्छौँ) लाई कारण मानिएको छ ।

साइन्स जर्नल ह्यूमन रिप्रोडक्शनमा प्रकाशित अनुसन्धानका अनुसार, हरेक वर्ष करिब १६ लाख जुम्ल्याहा बच्चा जन्म लिइरहेका छन् । यो संख्या पछिल्लो ५० वर्षमा सबैभन्दा बढी हो ।

शोधकर्ताले १३५ देशबाट २०१०-२०१५ बीचमा तथ्यांक संकलन गरेको थियो । यसबाट जुम्ल्याहा बच्चा पैदा हुने दर सबैभन्दा बढी अफ्रिकामा पाइएको थियो । अनुसन्धानमा सहभागी अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक क्रिश्टियान मोन्डेनले भन्छिन्, ‘जुम्ल्याहा बच्चाको तुलनात्मक र विशुद्ध संख्या संसारमा २० औँ शताव्दी पछि अहिले बढी छ । यो दिनप्रतिदिन बढिरहेको छ ।’

प्रा. मोन्डेनका अनुसार, विकसित देशमा १९७० को दशकदेखि प्रजननमा मद्यत गर्ने आरटी प्रविधिको सुरुवात भयो । त्यसपछि जुम्ल्याहाको जन्म बढी भयो । अहिले बढी उमेरका महिला आमा बनिरहेका र उनीहरुको अवस्था जुम्ल्याहा हुने असर बढिरहेको छ । गर्भनिरोधकको प्रयोग बढेको छ ।

वैज्ञानिकले फर्टिलिटी रेटमा आइरहेको गिरावट पनि यसको लागि जिम्मेदार बताएका छन् । कम र मध्यम आय भएका देशमा जुम्ल्याहा बच्चामा विशेष ध्यान दिनुपर्ने जरुरत छ । शोधकर्ता जरोएन स्मिथका अनुसार- कम र मध्यम आय भएका देशमा जुम्ल्याहा बच्चाप्रति गम्भीर हुनुपर्ने छ । सब सहारा अफ्रिकामा त विशेषगरी धेरै बच्चा आफ्नो जुम्ल्याहा जीवनको पहिलो वर्षमै गुमाउँछन् । अनुसन्धानका अनुसार यो संख्या हरेक वर्ष २-३ लाख सम्म छ ।

गाउँ सहर डेस्क

तपाईँको मत