मुख्यमन्त्री जम्कट्टेलले तेस्रो पटक पाए विश्वासको मत
- गाउँ सहर संवाददाता
- १९ चैत सोमबार, २०८० | १९:३९:०० मा प्रकाशित

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाएका छन् ।
सोमबार बागमती प्रदेश सभा बैठकमा जम्कट्टेलले आफूलाई प्रदेश सभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा ५६ जनाले मतदान गरे ।
उनलाई आफ्नो दल माओवादी केन्द्रका २१, नेकपा एमालेका २७, नेकपा एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका १ जना सांसदले विश्वासको मत दिएका हुन् ।
नेपाली कांग्रेस र नेपाल मजदुर किसान पार्टीले विपक्षमा मतदान गरेको छ भने राप्रपा तटस्थ रहेको छ । आजको प्रदेश सभामा १०८ जना सदस्य सहभागी थिए । विश्वासको मतको विपक्षमा ३७ मत परेको छ । १५ सांसद तटस्थ बसेका छन् ।
२५ पुस २०७९ मा मुख्यमन्त्री नियुक्त भएका जम्कट्टेलले सोमबार तेस्रो पटक विश्वासको मत लिएका हुन् । पहिलो पटक ३ माघ २०७९ मा विश्वासको मत लिंदा उनलाई प्रदेशसभाका ६ दलको समर्थन थियो । उनले ११० मध्ये १०५ जना सांसदको समर्थन पाएका थिए । त्यतिबेला उनलाई नेपाल मजदुर किसान पार्टीका ३ जना सांसदले मत दिएका थिएनन् भने एक जना अनुपस्थित थिए ।
तर नेकपा एमाले सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएपछि उनले दोस्रो पटक १० चैत २०७९ मा विश्वासको मत लिएका थिए ।
त्यतिबेला उनलाई प्रदेशसभाका ६७ जनाले समर्थन गरेका थिए । मुख्यमन्त्री जम्कट्टेललाई उनको दल माओवादी केन्द्रसहित नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले मत दिएको थियो । विपक्षमा नेकपा एमाले, राप्रपा र नेपाल मजदुर किसान पार्टीका सांसदले मत दिएका थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सरकारले गभर्नरमा बनाउने खाेजेकाे भट्टको योग्यता नपुग्ने भन्दै सर्वोच्चमा रिट दर्ता, आइतबार पेसी
- १० अर्ब बढीको सेयर कारोबार, नेप्से परिसूचक २७ सय विन्दुमाथि
- सुनकाे मूल्य बढेकाे बढ्यै
- बीपी राजमार्गको चार खण्डमा छुट्याएर पुनर्निर्माण हुँदै
- यी चार ठेकेदार कम्पनी परे सरकारकाे कालाेसूचीमा
- राष्ट्रपतिले आह्वान गरे १२ गते संसद् अधिवेशन
- आइसीसी यू१९ विश्वकप एसिया छनोटमा नेपालले लगातार तेस्रो जित
- शिक्षा विधेयक तत्काल पारित गर्न सरकारले गरेकाे अधिवेशन आह्वानलाई शिक्षकले पत्याएनन्
- नयाँ वर्षको सुरुवाती कारोबार दिनमै नेप्सेसँगै कारोबार रकम बढ्यो
- बोडेमा सुजनले तेस्रोपटक जिब्रो छेडे
प्रतिकृया दिनुहोस