अर्थतन्त्र

कतिमा हुँदैछ आज सुनचाँदीकाे काराेबार

काठमाडाैं । स्थानीय बजारमा सुनको मूल्य आज (आइतबार) तोलामा रु ४०० ले उकालो लागेको छ ।

चैत महिनाको पहिलो दिन छापवाला सुन तोलामा रु ८६ हजार ६०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।

फागुन २८ गते अर्थात् शुक्रबार छापवाला सुन तोलामा रु ८६ हजार २०० मा कारोवार भएको थियो ।

यस्तै तेजाबी सुन आज तोलामा रु ८६ हजार १५० मा कारोवार भइरहेकाे छ। शुक्रबार तेजाबी सुन तोलामा रु ८५ हजार ७५० मा कारोवार भएको थियो ।

चाँदीको मूल्य भने स्थिर रहेको छ  । चाँदी तोलामा रु एक हजार २७० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

गाउँ सहर संवाददाता